ताजा अपडेट »

स्याङ्जामा पहिरोः पूर्व गाविस अध्यक्षको मृत्यु, ३ जना बेपत्ता

मंगलबार, ३० असार २०७७, १४ : ५५
2 Shares

बुटवल । स्याङ्जामा पहिरो जाँदा पूर्व गाविस अध्यक्ष ईमानसिंह रानाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ खहरे खोलामा मंगलबार बिहान गएको पहिरोले पूर्व गाविस अध्यक्ष समेत रहेका ७० वर्षीय रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।

आज बिहान पहिरो गएको थाहा पाएपछि हेर्न गएका राना सहित ५ जनालाई पहिरोले पुरेको थियो भने एक जना भागेर बाँच्न सफल भएका थिए । अन्य तीन जना भने बेपत्ता रहेको अध्यक्ष थापाले बताए । बेपत्ता हुनेमा ६० वर्षी प्रेम चन्द्र पाण्डे, ६० वर्षकै जिमान्सिंह थापा र ५० वर्षका टिका बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए । बेपत्ता तीनै जनाको खोजी कार्य जारी रहेको समेत उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।