२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

पाल्पा । जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले नयाँ प्रत्येक प्रहरीचौकीमा १५–१५ जनाको दरबन्दी रहेको बताउनुभयो । प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने छन् । नेपाल सरकारले गत वर्ष असोज ७ गते पाल्पामा प्रहरीचौकीका लागि प्रहरी दरबन्दी स्वीकृत गरिएको थियो । छहरास्थित पुरानो स्वास्थ्यचौकीको भवनमा प्रहरीचौकीबाट सेवा दिइने छ । पुरानो स्वास्थ्यचौकीलाई रङरोगन गरी प्रहरीचौकी स्थापना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । रम्भामा प्रहरीचौकीका लागि भवनको खोजी भइरहको छ । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार पीपलडाँडा क्षेत्रमा प्रहरीचौकीका लागि सात दिनभित्र भवनको टुङ्गो लगाउने गरी काम अघि बढेको छ ।

बगनासकालीमा चिलादीको पुरानो विद्यालयको भवनबाट प्रहरीचौकीको काम अघि बढ्ने छ । विद्यालय गाभिएपछि खाली रहेको विद्यालय भवनमा नै चौकी स्थापना गर्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताउनुभयो । माथागढीका प्रशासकीय अधिकृत राजु नेपालले प्रहरीचौकीका लागि भवन र जग्गाको खोजी जारी रहेको बताउनुभयो । गाउँपालिकाको केन्द्रलाई लक्ष्य गरी प्रहरीचौकी स्थापना हुने भएको छ । जिल्लामा प्रहरीचौकी थपिए पनि हालका चौकीमा प्रहरीको दरबन्दी पूरा हुने सकेको छैन । प्रहरीचौकीको नेतृत्वसमेत तल्ला दर्जाका प्रहरीले सम्हालेका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामपुर इलाका प्रहरीचौकी, पूर्वखोला इलाका प्रहरीचौकी र मुझुङ इलाका प्रहरीचौकी कार्यालयमा सेवाको बढी चाप देखिन्छ । प्रहरी प्रशासनमा दैनिक मुद्दाका चाप बढ्दो छ । दैनिक काम व्यवस्थापनका गर्न जनशक्तिको अभाव हुँदा प्रहरीलाई समस्या थपिएको छ । जिल्लाका अधिकांश प्रहरीचौकीमा सुविधासम्पन्न यातायातका साधनको अभाव छ । शान्ति सुरक्षा कार्यक्रम गर्न सुविधासम्पन्न यातायातका साधनका अभावमा पैदल नै पुग्नुपर्ने हुँदा थप समस्या हुने प्रहरीको भनाइ छ । जिल्लाका केलादी, रुप्स र जप्कादी प्रहरीचौकीले पनि सेवा प्रवाह गर्दै आएका छन् ।

सर्देवा प्रहरीचौकी र बल्ढेगढी प्रहरीचौकी तथा हार्थोक, अर्गली, बर्तुङ, प्रभाष, दोभान, आर्यभञ्याङ, सराई माथागढी, ताहु, राम्दी, हुँगी, रानीमहल र भुसालडाँडा प्रहरीे कार्यालयबाट सेवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अस्थायी प्रहरीचौकीबाट नागरिकलाई सेवा प्रदान गरेको छ । बसपार्क, भैरवमन्दिर र रिडीबाट जनताले पाल्पा प्रहरीको सेवा पाउँछन् । जिल्लाका सबै प्रहरीचौकीबाट समुदायसँग प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिँदै आएको थियो । प्रहरीलाई लागुऔषध र लैङ्गिक हिंसा विरोधी तथा अपराध अनुसन्धानका नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

प्रहरी जनशक्तिको अभावमा समेत प्रहरीले नियमित रुपमा सेवा प्रदान गरे पनि कोभिड –१९ का कारण फैलिएको महामारीले ती कार्यक्रम प्रभावित भएका छन् । प्रहरीले अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम दिएको आदेश र जारी गरेको वारेन्ट तदारुखताका साथ पालन तथा तामेल गर्नु, शान्तिसुरक्षालाई असर पार्ने खालको खबर सङ्कलन गर्नु र प्रहरीको माथिलो अधिकारीलाई जानकारी गराउनु जिम्मेवारी प्रहरीको रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा