११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

चैत ४ ,

Advertisement

सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामाव्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।” अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राख्नुभयो ।

अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए । खोला क्षेत्र फराकिलो पारिँदै वीरेन्द्रनगरको इत्राम खोला क्षेत्र फराकिलो पार्नुका साथै तटबन्ध निर्माण शुरु गरिएको छ ।

चुरे पहाडबाट बग्ने बाढीले वर्षेनी तल्लो तटीय क्षेत्रमा धनजनको क्षति गराउन थालेपछि तटबन्ध निर्माण शुरु गरिएको हो । तटबन्ध निर्माणले वीरेन्द्रनगर वडा नं ९ र १० को सिमाना हुँदै अनियन्त्रित बग्ने खोलाबाट हुने क्षति रोक्ने बताइएको छ । डिजिभन सिँचाइ कार्यालय सुर्खेतले झण्डै रु १७ लाखमा बुलबुलेदेखि दक्षिण क्षेत्रमा १० मिटरको तटबन्ध निर्माण थालेको हो । “यसअघि इत्राम खोला बुलबुले क्षेत्रबाट अनियन्त्रित भएर बग्थ्यो”, वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो, “तटबन्ध बनेपछि पानीलाई एकै ठाउँबाट निकास क्षेत्रमा पुग्न सहज भयो ।” वर्षेनी इत्राम खोलामा आउने बाढीले लाटीकोइलीको पूर्वी क्षेत्र जलमग्न हुने गर्दछ ।

विसं ०७१ साउनमा आएको बाढीले यस क्षेत्रमा धनजनमा ठूलो क्षति पु¥याएको थियो । खोलाको क्षेत्र स्पष्ट नहुँदा धानबालीमा समेत क्षति पु¥याउँदै आएको छ । वडाध्यक्ष मानन्धरले असार मसान्तसम्म तटबन्धको काम सम्पन्न हुने बताउनुभयो । खोला क्षेत्र फराकिलो बनाएपछि किनारमा ग्याबिन जालीमा ढुङ्गा भरिनेछ ।  -रासस 

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई