ताजा अपडेट »

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

बुधबार, २४ असार २०७७, १३ : ५४
12 Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । तिलगंगा आँखा अस्पतालमा बुधबार उनको दायाँ आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान शल्यक्रिया गरेको हो ।

केहि समयदेखि सापकोटाको आँखामा समस्या देखिएपछि चिकित्सकको सल्लाह बमोजिक शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ । उपचारको क्रममा लागेको खर्च सापकोटा आफैँले व्यहोर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।