Mar 29, 2023
रुकुम । रुकुम(पूर्व)मा नेत्र विक्रम चन्द समूहका एक नेताले समूह परित्यागको घोषणा गर्नुभएको छ । सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गर्नुभएको हो । स्वेच्छिक रुपले समूह (पार्टी )परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्