१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव निकालेको छ ।

Advertisement

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए । उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ । “राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौँ”, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने, “उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन् । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् ।” उनका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ ।

पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । स्थानीयवासी नरेश बोहराले भने, “शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ति र गाई–गोरुसमेत सबै बगे । झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरेको छ ।”

जुइली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ । दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ । यो गाउँमा ९० परिवारको बसोबास छ । यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको छ भने ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई