ताजा अपडेट »

जोडीदारका लागि सामाजिक संजाल : वरदान कि अभिषाप ?

शुक्रबार, १९ असार २०७७, १९ : २३
80 Shares


यति लामो लकडाउन अवधीमा अधिकांशका श्रीमान–श्रीमतीले दिन–रात घरमै बिताए । तर, प्रायः कमै बोलचाल भएको पाइयो । श्रीमान त्यतिबेला श्रीमतीसँग बोल्छ कि उसलाई भोक लाग्छ, कि कतै काम खटाउन पर्छ । श्रीमतीको पारा पनि त्यस्तै पाइयो । जब घरमा सामानहरु सकिएर पैसा चाहिन्छ कि त कुनै–कुनै कुराको निहुँ खोजेर झगडा गर्ने सुर तातेको हुन्छ । यो कुरा बढी मात्रमा सामाजिक सञ्जालमा ब्यस्त हुने दम्पतीको हकमा मात्र लागूू भएको कुरा हो । बरु एक छाक भोकै बस्लान् । तर, नेट चलाउने पैसा नभए छट्पट्टी…। विशेषगरी यो लकडाउनको अवधीमा सामाजिक दूूरी कायम गर्दै केहि साथीहरुको घर कोठामा पुग्दा एकातिर फर्केर बिस्तारामा लड्दै श्रीमानले म्यासेन्जरमा ब्यस्त भएको देखिन्छ ।

भुँईमा अर्को तिर फर्किदै श्रीमती पनि म्यासेन्जर मै छिटो–छिटो रिप्लाई पठाउँदैमा ब्यस्त देखिन्छ । ढोकामा को मान्छे उभिएको छ वास्तै छैन । हेलो … भन्यो एकछिन पछि झस्याङ्ग हुँदै बल्ल आउनुुस् भित्र भन्न बाध्य भएको छ। किनकि उ च्याट मै ब्यस्त हुन जरुरी छ वा उसको नसा हो ? त्यस्तै कसैको घरमा पुग्यो श्रीमती कोठैमा म्यासेन्जरमा ब्यस्त श्रीमान छतमा भिडियो कल मै ब्यस्त भएको पनि पाइयो । म्यासेन्जर सहित सामाजिक सञ्जालका विभिन्न मनोरञ्जनमा ब्यस्त हुँदा खान बसालेको दाल तरकारी डढेर खरानी भएको पनि श्रीमती ज्यूूलाई अत्तोपत्तो छैन । मोबाइलमा खै के–के हो हेर्दै पनि छ,खान पनि खाँदै छ मुखमा हाल्ने गास अन्तै तिर । ठिक छ उनी दम्पती आफूूहरु जसरी बाँच्न चाहे त्यसरी बाँचुन् कसैको टाउको दुखाइको कुरा भएन । फेरी बाटो बिराए सजायका भागिदार अरु को हुने हो र ? आफै भोग्छन् ,बल्ल कुचिङ्ग आफै थाहा पाउँछन । साँचो प्रेम, वैध सम्बन्धका लागि सामाजिक सञ्जाल साँच्चैनै नै वरदान सावित भएको छ । तर, निम्न कुरामा भने सामाजिक सञ्जाल महा अभिषाप नै हो लेखेर राख्नु होला मनमा घोक्नु होला ।

पहिलो कुरा : तपाई कै श्रीमान होस् वा बिहे गर्नै तयारीमा रहेका प्रेमी भुलेर पनि अस्लील भिडियो र तस्विर आदन–प्रदान नगर्नुहोस् । भुलेर कुनै दिन दिइएको छ भने सम्बन्ध सुधारको पहिलो सर्त तत्काल उक्त सामग्री फिर्ता गर्ने पहिलो सर्त बनाउनुहोस् । अस्लील शब्द लेखेरपनि जति सुकै नजिकको साथी होस् आफ्नै जोडीलाई पनि नपठाउने गर्नुहोस् । त्यही बानी बस्दै जाँदा यस्तो पनि हुन सक्छ । त्यो साथीलाई पठाउँछु भनेको म्यासेज झुक्कीएर कुनैदिन अर्को मान्छेको म्यासेन्जरमा पनि जान सक्छ । च्याटमा एकातिर रिप्लाई गरें भनेको अर्कोतिर परेको पनि पत्तो नहुने गरि च्याटमा एकै साथ धेरै जनासँग कुरा नगर्नुहोस् । एउटा साथीबाट आउट भएपछि मात्र अर्को साथीसँग कुरा गर्न थाल्नुहोस् । उदाहरुणका लागि एकदिन एउटी युवतीले अश्लील शब्द प्रयोग गर्दै कुन चाँही केटालाई ए मुर्दार चुप लाग् भनेर लेखेको म्यासेज भुलवस आफ्नै मामाको म्यासेन्जरमा सेन्ट हुन पुगेछ ।

के जवाफ दिउन् ती मामाले ? म्यासेन्जरमा असलीलल गालीगलौज पनि चल्दारहेछन् । साले….भनेर लेखेको म्यासेज आफूू कार्यरत संयौंको संख्या भएको गुु्रप म्यासेन्जरमा परेछ । खैलाबैला मच्चियो भन्ने सुनिन्छ । च्याट रिप्लाई गर्ने एकादुई मात्रै भए पो होस् हुन्थ्यो क्यारे! एकैसाथ भर–भरती आएपछि छिटो–छिटो सबैको मन राख्छु भन्दा सोल्टीनीलाई लेख्छु भनेको श्रीमतीलाई र सालीलाई लेख्छु भनेको साइँलीतिर परेपछि कैयौं दिन घर तनावपूूर्ण बनेको पनि सुनियो । अझ भिडियो र अस्लील फोटाहरु आदन प्रदान गरेर कल्पनाको संसारमा रमाउनेहरु मध्ये कैयौंको घर तहस–नहस भएको छ । कैयौं आत्माहत्या गरेर ज्यान फाल्ने भएका छन्। पछिल्लो चरण बाग्लुङ्गकी एउटी चेखीवी र उनका चखेवाले शिशु जन्माएर जंगलमा जिउँदै फालेपछि त्यसै प्रहरीको चिसो भुँई खानु परेको होइन ।

खुसुु–खुुसुु फेसबुकमा कुरा गर्ने । अविवाहित हुँ भन्दै बिवाहको प्रलोभन देखाउने । अनि चेखीवी कहाँ देखुँ कहाँ,भेटुँ हुँदै मरिहत्य गरे पछि फस्यिो र जिन्दगी नै बिग्रियो । यो लेख लेख्दा लेख्दै काठमाण्डौमा एक जोडी चखेवा चखेवीले बस्ने कोठामा एउटै डोरी पासो लगाएर आत्माहत्या गरेको समाचार बाहिरियो । लगत्तै बुुधबार दाङ्गमा एउटी युवती सामाजिक सञ्जालकै कारण घर बिग्रेर माइत बसिन । सन्तान बाबुले लग्यो । अन्ततःत्यही सामाजिक सञ्जालले केहि क्षण त दियो खुशी र त्यसै समाजिक सञ्जाल मै भिडियो लाइभ गर्दै आत्माहत्या गरेको समाचार आयो । पाँच दिन अघि मात्र रुपन्देहीमा सरकारी बालगृहमा बसेका एक जना १४ बर्षीय बालकले आत्माहत्या गरे । गुल्मीमा पनि केहि दिन अघि मात्र प्रेमिकासँग खुल्लम–खुल्ला फेसबुकमा दोहोरी चलेपछि १७ वर्षीया एक किशोरीले झुण्डिएर आत्मा हत्या गरिन् ।

माया प्रितिका नाममा सामाजिक सञ्जालमार्फत भित्रिएका यस्ता दुःखद खबर लेख्दै थिएँ र एक जना साथीलाई दुःख पोख्दै म्यासेन्जरमा लेखेर पठाए हेर्नु त अहिले पनि एउटी युवतीले झुण्डिर आत्महत्या गरेको समाचार लेख्दैiछु भनेर पठाएँ । जवाफ आयो ओके । कति हाँस्नु ? उनले पढेर बुझेर ओके भनेको भए पो ? हतारमा भएर होला ओके भनेर रिप्लाई पठाए । ओके भनेपछि के ती युवतीले आत्महत्या गर्नु ठिक थियो त ? केहि वर्ष अघि हाम्रा एकजना बाजेलाई सुन्न फलानो आफन्त वितेछन् नि भनेर भनियो । बुढाले एकदम राम्रो भएछ बाबु… बढो हर्षको कुरा सुनायौं भन्ने जवाफ थिए । बिचराले कान सुन्दैन थे के गरुँन ? हाँसोको पैरालो भएको थियो । त्यस्तै हिजो खुब हाँसो उठ्यो । अर्थात् च्याट आदन–प्रदानले पनि अहिलेका मानिसलाई कान सुन्ने भएपनि नसुन्ने बनाएको छ । कुरा बुझ्ने भए पनि नबुझ्ने बनाएको छ ।

मन वर्षौदेखि काबुमा राख्दै आएको भएपनि क्षणभर मै जे परे पर्ला भन्दै मन सम्हाल्नै नसक्ने बनाएको छ । जसको अन्तिम परिणती कि बहुलाएर हिड्नु , भाग्नु वा झुण्डिएर मर्नु बनेको छ । सामाजिक सञ्जालले बढी मात्रामा बिपरित लिङ्ग बीचको आकर्षण बढाएको छ । र, सहज पुलको काम गरेको छ । हेर्नुस् फेसबुक र गनेरै पत्ता लगाउनुहोस् केटी मान्छेका साथी केटी कम केटा धेरै र केटा मान्छेका साथी पुरुष कम र केटी साथी धेरै हुने गरेका छन् । यो सायद सबैमा लागु नहुन पनि सक्छ । यौनिक गफ बाहेक अन्य दुःख–सुखका कुरापनि एउटै लिङ्गी साथीसँग नरुचाउने र बिपरित लिङ्गी साथीसँग सेयर गर्न रुचाएको पाइन्छ । आफ्नै श्रीमतीले जरुरी कामका लागि बिहानदेखि पठाएको म्यासेजको रिप्लाई त्यो छोरा मान्छेले गरेको हुँदैन । उसकी कुनै साइँली–माइँली छ भने उताबाट लेख्न लागेको थाहा पाउन साथ उ सास नफेरी लेखेर रिप्लाई गरेर भ्याई सकेको हुन्छ । कतिपयका श्रीमती वा दिदी–बहिनीहरुको पारा पनि उस्तै नै हो ।

अर्कोकुरा दम्पती बीच तनाव बढ्दो र न्यूूनतम खुशीदेखि पनि टाढा रहनुपर्दा मान्छेले वैकल्पिक साहारा वा दुःख–सुख बाँड्ने साथी खोजिरहेको छ र उसलाई जिवन ज्यूूनका लागि जरुरी पनि छ । कतिपय दम्पती बीचको रातै दिनको कलह ,आशंका र असमझदारीका कारण बाँच्नै नसक्ने अवस्था पनि छ । सायद यस्तै भएर होला कुनै एउटा रोजेको जोडी खेजेर लिभिङ्ग टूूगेदर बस्न पाइने छुट दिईएको विकसित मुलुकमा । मान्छेलाई खान लाउन दिएर मात्रै हुँदैन माया चाहिन्छ । माया मात्रै दिएर हुँदैन समय चाहिन्छ । समय मात्रै दिएर हुँदैन विश्वास र भरोसा चाहिन्छ ।पहिल्ला आत्महत्याका घटनाहरुले जोडीहरु बीच विश्वासका पर्खालहरु ढल्दै छन् कि भन्ने देखाउँछ । आफूू छोरो मान्छे वर्षौं ठूूला शहरतिर वा विदेशमा हराउँछ । फोन गर्दा फोन उठाउँदैन । उल्टै नम्वर फेरेर राख्न थाल्छ ।

यता ऋणले श्रीमती भाग्न वा झुण्एिर मर्न बाध्य हुनु परेका घटना पनि बढेका छन् । गुल्मीमा मात्रै पछिल्लो एक वर्षमा लघुवित्तको ऋण तिर्न नसकेर दुइ दर्जन महिलाहरु घर छाडेर भाग्दै भारत पुगेका छन् ।पुरुषको बरु मन अलि कठोर हुन्छ भनिन्छ । कमलो मनका महिलाहरुलाई त्यति ठूूलो तनाव हुँदा उनीहरु जस्तो बाटो रोज्न पनि बाध्य नहोलान् भन्न सकिन्न । जसको बाटो कुरेर बस्यो उसैले न मायाका शब्द लेख्छ सुनाउँछ न पैसा पठाउँछ । उल्टै उ त्यतैकी मैयाँहरुसँग रमेर बस्छ भने त्यस्तालाई कुरेर वा उसैको सत भनिने सति जानै पर्छ नै भन्ने पनि होइन । उसका जस्ता इच्छा आकांक्षा , मानवीय रहर र आवश्कता महिलाका पनि हुन् । म त भन्छु त्यस्तो तनाव सहुनपर्छ भने एक्लै बाँच,संघर्ष गर । तर, एकरत्ति पनि जीवनसँग हार खाएर कायर भएर आत्माहत्या गर्ने कल्पना नगर । म जस्ता छोरा मान्छेलाई पनि म त्यही भन्छु । जसरी बाँच्न सजिलो हुन्छ त्यसरी बाँच ।

जबरजस्त कसैको दास , कसैको गडुलको जस्तै छायाँमा नबस बरु एक्लै बाँच । पहिला मानिस आफूू बाँच्न पाउनु पर्छ । सधै आँखामा आँशु होइन कहिले–काँही त हाँस्न पनि पाउनु पर्छ । दम्पती बीच एक्ला–एक्लै बाँच्न पाउनुपर्ने कानूूनी ढोका पनि खुल्ला छन् । समग्रमा यहि भन्न खोजिएको हो सबै भन्दा पहिलो कुरा त बिवाहित जोडीले एकले अर्कोलाई बुझौं ।शंकारहित , कच–कच र तनाव रहित वातवरण बनाई राखौैं जोगाई राखौं भनिन्छ जहाँ झगडा त्यहाँ काल । यो वातवरण कुनै दम्पतीमा छ भने दबाएर नराखौं । छिमेकी मार्फत बेलैमा बाहिर ल्याउँ । संगै बस्न सक्ने अवस्था नै छैन भने एक्लै बस्ने कानूूनी ढोका छँदै छ, सम्बन्ध विच्छेद गर्दै एक्लै बाँचौं ।

तवाव लिएर हुादा–खाँदाको ज्यान किन फाल्ने ? कम दुःखले जन्माएका हुर्काएका तपाइँका बाबु आमले ? बेकारमा अर्काका लागि किन ज्यान फाल्ने ? ल मानौं तपाई कुमारी आमा नै बन्नु भयो रे , वा श्रीमानको बाहेक परपुरुषको पेट नै बोक्नु भयो रे । अथवा तपाइँलाई देहब्यापारी महिलाको नै आरोप लगाएर बसी खान दिएका छैनन रे । हेर्नुस, बुझ्नुस भारतकी महिला कुनै समय देहब्यापारी महिला कुख्यात गुण्डाका रुपमा चिनिएकी थिएनन? कुनैसमय उनलाई गाउँबासीले बेस्याई आई बेस्या ,गुण्डा आइमाई ,गुण्डा भन्थे । उनले हो म त्यही हुँ भन्दै शिर ठाडो पार्दैै र छाती फुलाउँदै हिडिन्।

आखिर उनै एक समयकी बेश्या र कुख्यात गुण्डा फुलनदेवि भारतीय सदनको सांसद भइन् । हरेक महिलालई यदि आफूू माथी चूूनौती थोपरिएको छ भने फुलनदेविले झैं शाहस गरेर चूूनौतीको सामना गर्नुहोस् । जीवन संघर्ष हो । थप कठोर संघर्ष गर्नुहोस् तपाइँलाई कुनै न कुनैदिन सबैले सम्मान गर्नेछन् । तर, आत्माहत्या गर्नेलाई थुक्ने छन्। म त चाहन्छु आत्महत्या गर्नेहरुलाई मरोणाप्रान्त कडा सजायको ब्यवस्था गरियोस् । राम्रो काम गर्नेहरुले मरोणाप्रान्त सम्मान पनि पाएकै छन् नि, कि कसो हो ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।