ताजा अपडेट »

एक पुरुषद्वारा क्वारेन्टाइनमै आत्महत्या

बुधबार, १७ असार २०७७, १८ : ३९
4 Shares

बुटवल। एक पुरुषले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिकाका एक जना पुरुषले क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेका छन् । केहिदिन अघि बिवेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टाईनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधबार आज दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्माहत्या गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।

उनी दुबैबाट घर आई सार्वाजानिक क्वारेन्टाइन खाली नभएपछि असार १० गतेदेखि गाउँकै एक जनाको खाली घरको क्वारेन्टाइनमा बसेका थिए । सोही घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।