April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

सुशान्तको तस्बिरले सजिएको थियो पूर्वप्रेमिका अंकिताको घर

1.4K

नयाँ दिल्ली । गत जुन १४ मा आफ्नै घरमा झन्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएका धेरै चीजहरुका बारेमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु भरिएका छन् । 

सुशान्तको आत्महत्याले बलिउडभित्रको नेपोटिज्मको खुलेर विरोध भइरहेको छ भने उनको मृत्युपछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ ।  साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् । 

यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको बारेमा पनि निकै चर्चा भइरहेको छ । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् । 

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् । 


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट