April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

भविष्यको सम्भावनामा आशाको खोजी गरौं

2.5K

यतिबेला सारा विश्व कोरोना कहरले हायल–कायल भएको छ । सुक्ष्म जिवाणु अझ प्राविधिक रुपमा भन्नुपर्दा सजिव र निर्जिव बीचको बोर्डरलाईन हो भाइरस । यसको संक्रमण नियन्त्रण गर्न ज्ञान विज्ञान खोज अनुसन्धानमा सारा विश्व लाग्दापनि सकारात्मक परिणाम हात लाग्न सकेको छैन । हामी २१औं शताब्दीमा छौं । भौतिक सुविधाहरुको अभुतपूर्व विकास भएको छ । तर, यतिबेला सारा विश्व हतास र निराश छ । अहिलेसम्म मान्छेले गरेको प्रगति वा विकासमा विरोधाभाष देखिन्छ । यसरि एकातिर सबै चिजमा उन्नति र प्रगति गर्दा गर्दै किन हाम्रो अस्तित्व पानिको फोका जस्तै कमजोर प्रतित भैरहेको छ।

‘एभ्री थिङ्ग इज फक्ड, अ बुक अबाउट होप’ अमेरिकामा जन्मिएका ३६ वर्षका युवा मार्क म्यान्सनले लेखेको किताब हो । ‘फक’ धेरैजसो युवा पुस्ताका व्यक्तिहरुले बोली–चालीमा प्रयोग गर्ने शब्द हो । खास गरेर आक्रोस, आवेग र घृणा अभिब्यक्त गर्न प्रयोग गरिने अंग्रेजी शब्द हो । बेवास्ताले वा उट्पट्याङ्ग गतिविधि गरेर कुनै काम बिगार्नु भन्ने अर्थ पनि हुन्छ–‘फक अप’ भन्दा । अश्लिल अर्थमा पनि बुझिन्छ यो शब्दलाई । यस्तै शब्द अंकित नारा र प्लेकार्ड बोकेर गतसाता हाम्रो देशका युवाहरु सामाजिक संजालमार्फत सम्पर्कमा आएर सडकमा प्रदर्शन गरे । ‘एनफ इज एनफ’– भन्दै सरकार बिरुद्ध प्रदर्शन गरे । चर्को घाम र गर्मीको समेत बेवास्ता गर्दै संकटको बिषम परिस्थितिमा पनि भ्रष्टाचार र अनियमितता गर्न उद्यतहरुलाई सचेत गराए । सरकारको काम गर्ने शैली, व्यबस्थापकीय कमजोरी प्रति आक्रोश, निराशा अभिव्यक्त गरे । लकडाउनभरी घरभित्र बन्दी हुनुपर्दाको कुण्ठा समेत अभिव्यक्त गरे ।

गत साल प्रकाशन भएको यो किताब न्यूयोर्क टाइम्सको बेस्टसेलर सूचिमा एक नम्बरमा परेको थियो । कुनै मोटिभेसन/प्रेरणा जगाउने खालको चलन–चल्तीको किताब होला भन्ठानेर यत्तिकै राखिरहेको थिएँ । भनिन्छ नि, कुनैपनि पुस्तकको गातामात्रै हेरेर मुल्याङ्कन गर्न सकिन्न । यस्तै अनुभव रह्यो मेरो पनि यो किताबको शन्दर्भमा । किताबमा मनोविज्ञान, दर्शन र वास्तविकताप्रतिको लेखकको धारणाहरु रहेछन् । पढ्दै जाँदा आनन्द आयो । यो आलेख यसै पुस्तकमा उल्लेखित तथ्य र विचारहरु मिसाएर तयार गरिएको हो ।

एकातिर आधुनिक इतिहासभरी नै अविच्छिन्न प्रगति भैरहेको छ । धेरै मान्छेहरु साक्षर र शिक्षित भएका छन् । हिंसा घट्दो क्रममा छ । जातिवाद, लिङ्गभेद,भेदभाव र महिला हिंसा तथ्यमा हेर्दा अहिलेसम्म कै न्यून देखिन्छन । सबै खाले अधिकारहरु प्राप्त छन् । आधाभन्दा बढी विश्व इन्टरनेटको पहुँचमा छ । विश्वब्यापी रुपमा हेर्दा अति गरिबी अहिलेसम्मकै न्यून बिन्दुमा छ । युद्ध कम भएका छन् । बालबाकिाको मृत्यु दर न्यून छ । र धेरै मान्छेहरुसँग प्रशस्त धनसम्पत्ति छ ।
अर्काेतिर युवाहरुमा चरम मानसिक चिन्ता (डिप्रेसन) र सुर्ता (एन्जाइटी) ब्याप्त छ । सन् १९८५ यतादेखि महिला पुरुष दुबैमा सन्तुष्टिको तह न्यून पाइन्छ । विगत ३० वर्ष यतादेखि तनावको तह सबैभन्दा बढी पाइएको तथ्य छ ।

ड्रग ओभर डोजको लागुपदार्थ दुब्र्यसनको समस्या खास गरेर अमेरिका र क्यानडा जस्ता विकसित देशहरुमा झन् बढी देखिन्छ । एक्लोपना र सामाजिक अलगावमा रहेका मानिसको जनसंख्या उच्च छ । सामाजिक विश्वासमा कमि छ र यो बढ्दो क्रममा छ । यसको अर्थ हुन्छ सरकार र मिडियामाथि विश्वास गर्ने जनमानस न्यून हुँदै गएको छ । सन् १९८० मा गरिएको एउटा सर्र्भेक्षणका सहभागिहरुलाई सोधिएको थियो–गएको ६ महिनामा तपाईंले कतिजनासँग आफ्ना महत्वपूर्ण ब्यक्तिगत कुराहरुमा छलफल गर्नुभयो ? सबैको साझा (औसत) उत्तर तीन जना भन्ने थियो भने सन् २००६मा आउँदा शून्य ।

त्यसैगरी वातावरणको चरम विनाश भयो । सबै प्रकारको अतिवाद जस्तो कि चरम दक्षिणपन्थी, वामपन्थि, चरमपन्थी मुस्लिम (अलकायदा लगायत) विश्वब्यापि रुपमा बढ्दो छ । त्यस्तै धर्म निरपेक्षता र कुनै विशेष धर्म सापेक्ष । षडयन्त्रको सिद्धान्त (कन्स्पिरेसी थिअरी), नागरिक मिलिसिया, बचाउवादी (सर्भाइवलिस्ट) र आतंकवादी/फाँसीवादी जस्ता कुराहरु प्रचलित उपसंस्कृति बनेका छन् । अझ कतिपय अवस्थामा त मुलधारमा देखिन्छन् । जस्तो कि अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना महामारी–कोहि भन्छन् ,चीनले बनाएको मानव निर्मित भाइरस हो । अर्कोथरी मान्दछन् यो अमेरिकी षडयन्त्र हो । विश्व स्वास्थ्य संगठन माथि प्रश्न उठिरहेको छ । अमेरिका जो सबैभन्दा ठूलो दाता हो विश्व स्वास्थ्य संगठनको उसले सहायता नदिने घोषणा गरेर हात झिक्ने निर्णय गरिसकेको छ ।

आधुनिक विश्व इतिहासमा सबैभन्दा सुरक्षित र समृद्ध देखिन्छ मान्छे । तरपनि यतिबेला हामी कहिल्यै अनुभव नगरेको त्राशदी महशुस गरिरहेका छौं । जति जति सबैकुरा राम्रो भयो भन्दै गयौं उति उति निराश हु“दै जान अभिषप्त भयौं । यसैलाई प्रगति वा विकासको विरोधाभाष भनिन्छ । यसलाइ अझ छोटकरिमा यसरी व्यक्त गर्न पनि सकिन्छ । जति सम्पन्न र सुरक्षित हुँदै छ हामी बस्ने स्थान, त्यति धेरै मान्छेहरुले आत्महत्या गर्ने समस्या देखिन्छ । गएको ३/४ महिनामा नेपालमा आत्महत्या गर्ने व्यक्तिहरुको संख्या एवम् भारतका जल्दा–बल्दा स्टार कलाकार शुसान्त सिंह राजपुतको आत्महत्याले पनि यहिं तथ्यलाई पुष्टि गरिरहेका छन्।

बितेका सयौं वर्ष यता स्वास्थ्य, सुरक्षा र भौतिक सम्पत्तिमा अद्धितिय प्रगति भएको छ । तर यी तथ्याङ्क विगतका हुन् न कि भविष्यका । त्यसैले हामी आशाको खोजी विगतको इतिहासमा नभएर भविष्यको सम्भावनामा गर्नुपर्दछ । किनकि आशा आँकडा र तथ्याङ्कमा निर्भर रह“दैन । अर्थात् समाधान भैसकेका समस्याहरुलाई हेरेर आशावादी बन्न सकिदैन । जस्तो कि हामीले द्धन्दकालमा जस्तो अहिले दैनिक सयौं मान्छेको मृत्युको खबर सुन्नुपरेको छैन । ठूला हवाइजहाज दुर्घटना खासै भएका छैनन् । बन्दाबन्दीको समयमा यातायात र आवागमन रोकिदा सडक दुर्घटनामा जति मान्छेको ज्यान जान्थ्यो त्यो कम भएको छ । आशाले हाम्रा समाधान हुन नसकेका समस्याको ख्याल राख्छ । कारण जति–जति संसार राम्रो हुँदै जान्छ, त्यति धेरै कुराहरु हामीले गुमाउदै जानुपर्ने हुन्छ । त्यसैले त्यति धेरै गुमाउनुपर्ने चिजहरुको आशा किन गर्ने


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट