ताजा अपडेट »

रुपन्देहीमा एक पुरुषको शव फेला

सोमबार, १५ असार २०७७, १२ : २८
6 Shares

बुटवल । रुपन्देहीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको देवदह नगरपालिका २ राजावारी स्थित भित्री कच्ची बाटोको छेउमा आइतबार एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार वैदाबारले बताए ।

नाम थर नखुलेका अन्दाजी ३५/४० वर्षको तराई मुलको जस्तो देखिने खरानी रङको हाईनेक, खाकी कलरको पाइन्ट लगाएको हल्का दाह्री जुङगा पालेको पुरुष व्यक्तिको वेवारिसे शव फेला परेको र मृतको नजिकै बोराको झोला, झोला भित्र कवाडको सामानहरु र विषादीको बट्टा फेला परेको समेत बताए । मृतको पुरुषको शरिरमा बाहिरि चोट नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच आइतबार नै एक बालक झुन्डिएर आत्महत्या गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा रहेको बाल कल्याण गृहमा विगत ४ वर्षदेखि बस्दै आएका देवदह नगरपालिका ९ का १४ वर्षीय बालकाले आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाएर आत्म हत्या गरेको प्रहरी प्रवक्ता वैदबारले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।