ताजा अपडेट »

लोकदोहोरी कलाकार परियारले गरे आत्महत्या

शुक्रबार, १२ असार २०७७, १५ : ११
8 Shares

बुटवल । कलाकार दिपक परियारको शुक्रबार यूनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा–१० कान्छी बजारमा बस्दै आएका परियारले शुक्रबार विहान आत्महत्याको प्रयास गरेका थिए । आफू बस्दै आएको घरको कोठामा रहेको सिलिङ्ग फेनमा झुण्डिएको अवस्थामा देखेपछि उनकी श्रीमती र छिमेकीले तत्काल उपचारका लागि अस्पताल लगेका थिए । दिपकको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छी बजारमा रहेको आफ्नो श्रीमतीका दिदी भिनाजुको घरमा बस्दै आएका ३२ वर्षिय दिपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जन्मेका उनी सानैदेखि गुल्मीकै मुसीकोटको इन्द्रगौंडामा आफ्नी फुपुको घरमा बस्दै आएका थिए । उनले केहि वर्ष यता रुपन्देही बसेर आफ्नो कलाकारितालाई अगाडि बढाउँदै आएका थिए । बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएको उनका आफन्तले बताए । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दिपकको शवलाई पोष्टमार्टमका लागि अहिले भैरहवाको भिम अस्पतालमा लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।