२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाण्डौं । कोभिड-१९ का कारणले आत्महत्या बढेकाले जनचेतना फैलाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा सरोजप्रसाद ओझाले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाई त्यसलाई बढ्न नदिनुपर्ने बताउनुभयो ।

Advertisement

उहाँले कोभिड-१९ लाई रोकथाम र नियन्त्रण गर्न हामी सक्दछौँ, कोभिड-१९ लाई सजिलै जित्न सकिन्छ जस्ता सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले आत्महत्या २० प्रतिशतले बढेको छ । ‘कोभिड-१९ भन्दा अगाडि हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्दथे भने अहिले हरेक १७ देखि १८ जनामा आत्महत्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले २० प्रतिशत आत्महत्या बढेको छ । त्यसैले आत्महत्या रोक्न जनचेतना जगाउनुपर्दछ ।’

कोभिड-१९ अगाडि विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दथे भने कोभिड–१९ पछाडि अमेरिका ११ मात्रै मिनेटमा एक जना र भारतका हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको उहाँले जानकारी दिनुभयो । बन्दाबन्दी (लकडाउन)ले गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवायुवती घर, क्वारेन्टिन र आइसोलेशन एक्लै बस्दा मनोसामाजिकमा नकारात्मक असर परी आत्महत्या गरेको पाइएको उहाँको भनाइ छ । उहाँका अनुसार युवामा आर्थिक, सामाजिक र पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर मनोविज्ञान कमजोर र डिप्रेसन बढेर जाँदा आवेशमा आएर आत्महत्या हुने गरेका छन् ।

उहाँले नेपालीको रोगसँग लड्न क्षमता बढी भएका कारणले सङ्क्रमणबाट धेरै मानिसले ज्यान गुमाउनु नपरेकोसमेत बताउनुभयो । मनोचिकित्सक डा ओझाले विभिन्न अनुसन्धानले २०७२ सालको भूकम्पपछि पनि यहाँका मानिसमा डिप्रेशन र आत्महत्याका घटना बढ्न सक्ने बताएपनि त्यो नभएको भन्दै अहिले हामीसँग रोगसँग लड्न क्षमताका कारण, हामीमा एकले अर्कोलाई सहयोग गर्ने संस्कृति जस्ता विभिन्न कारणले मनोसामाजिक समस्या कम भएको उल्लेख गर्नुभयो ।

डा ओझाले कोरोना भाइरसमा समस्या परेकालाई सहयोग गर्नुपर्ने गरे कोभिड-१९ लाई सजिलै परास्त गर्नसक्ने बताउनुभयो । दिनमा सातदेखि आठ घण्टा सुत्न सक्यो भने हाम्रो शरिर एक किसिमको रासायनिक उत्पादन गर्ने र त्यसले रोगसँग लड्ने क्षमता बढाउन सक्ने उहाँको भनाइ रहेको थियो । अहिलेको कोरोनाका बेलामा भिटासिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गनुपर्ने सुझाव दिनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु