ताजा अपडेट »

अदालतमा अंगिरा पासिको हत्या बहस चलीरहदा बाहिर नाराबाजी

बुधबार, १० असार २०७७, १८ : ३३
8 Shares

रुपन्देही । रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन जिल्ला अदालत रुपन्देही भैरहवा सयुक्त दलित संघर्स समितिको आयोजनामा जिल्ला मा कृयाशिल राजनीतिक दलहरुको सयुक्त उपस्थितिमा धर्ना दिएका छन ।

दलित संघर्स समितिको आयोजना गरिएको धर्ना कार्यक्रम मा सामाजिक अभियानता किस्मत बि क, बिजया खत्री, अजय रौनियार ले बोलेका थिए भने राजनीतिक दलको तर्फ देखी नेकपा जिल्ला सचिब निर्मल जिसी, मुक्ती मोर्चाका गणेश खाती, राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता डिबी थापा, नेपाली काङ्रेसका भरत के सि, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा, जसपा का देबेन्द्र पाण्डे, प्रदेश सांसद सन्तोष पाण्डे, पुर्व मन्त्री प्रकाश चित्रकार, राष्ट्रिय महिला आयोगका पुर्व सदस्य धनेश्वेरी चौधरी लगायतले बोलेका थिए ।

‘बलात्कार’को शिकार भएकी रुपन्देही देवदह–११ की १३ बर्षिया बालिकाले आत्महत्यालाई रोज्नु परेको तथ्य खुले पछी बिभिन्न राजनीतिक दल तथा नागरिक समाज ले चर्को बिरोध गरेका छन । उनलाई आत्महत्याको चरणसम्म पुग्नका लागि जनप्रतिनिधिको भूमिका पृष्ठभूमीको कारक बनेको घटनाक्रमले पुष्टि भए लगत्तै न्यायलय को ढोका ढकढकाएको समिती का संयोजक हरी ओम बि क् ले बताएका छन । सत्तारुढ दल नेकपा का जिल्ला सचिब निर्मल जिसिले उक्त घटना जेष्ठ १० गते भएको र नेकपा ले जारी गरेको बिग्यप्ती जेष्ठ ३ गते पार्टीले जारी गरेको र यो घटना मा शुरु देखी नै नेकापा पार्टी साथ रहेको भन्दै संबोधन गरी बाहिरिएका थिए ।

उक्त बिषयलाई लिएर जनमुक्ति पार्टीका युवा नेता ले चर्को खण्डन गरेका थिए । घटना को तिथिमिती पनि हेक्का नहुने ले केको न्याय देला ? आफ्न कुरा लादेर निस्कने यस्ता अबसरबादी पार्टीले कसरी न्याय दिन सक्ला ? दलित लाई भोट् मा मात्र प्रयोग गरेको गम्भिर आरोप लगाए थिए । सो बिषय लाई लिएर अन्य दलहरुले पनि चर्को बिरोध गरेका थिए । स्थानीय रुपन्देही देबदह का अंगिरा पासीको आत्महत्याको बिषयक मा अदालत भित्र बहस चलिरहदा बाहिर धर्ना मा चर्को नाराबाजी भएको थियो ।

उपस्थिती बिभिन्न राजनीतिक दल तथा नागरिक समाजले पासी को न्यायको लागि एक्यबद्धता जनाएका थिए ।
जिल्ला अदालत को मुख्य गेट अगाडि भएको धर्ना कार्यक्रम संघर्स समितिका संयोजक हरी ओम बिकले गरेका थिए भने स्वागत मन्तब्य बुद्धिराम हरिजन गरेका थिए भने संचालन नर बहादुर सुनारले गरेका थिए । उक्त घटना को बहस को लागि अधिबक्ता दिनेश तिर्पाठी धर्ना मा आएर बहस चलिरहेको बताएका थिए भने पीडित को पक्ष मा न्याय हुने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।