ताजा अपडेट »

खेती गर्ने समयमा रुपन्देहीका किसान सडकमा

सोमबार, ०८ असार २०७७, ०६ : ४३
12 Shares

बुटवल । असारको दोस्रो हफ्ता अर्थात् धानबाली लगाउने समय । यतिबेला किसानहरु खेतमा व्यस्त हुने समय हो । तर, रुपन्देहीका किसान भने सडकमा उत्रिएका छन् । रुपन्देहीको धकधईका कृषकहरुले खेती गर्ने समयमा डिएपी तथा यूरिया मल अभाव भएको गुनासो गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कोरोना संक्रमण र बन्दाबन्दीको जोखिमपूर्ण अवस्थामा पनि बिउका लागि भौतारिनु पर्ने अवस्था आएको भन्दै उनिहरुले सरकारविद्ध विभिन्न प्रश्नहरुसहितको प्लेकार्ड बोकेर सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । अन्नको भण्डार मानिने नेपालको तराई लगायत पहाडी जिल्लामा समेत रोपाइ शुरूवाती चरणमा रहेको अवस्थामा रासायनिक मलको अभाव हुदा विगतका दिन जस्तै कृषक समुदाय यस वर्ष नि चिन्ता रहेको प्रदर्शनमा उत्रिएका एक कृषक रामधनी यादवले गुनासो गरे ।

‘रोपाइँ अहिले ३० प्रतिशत पनि सकिएको छैन । रोपाइ गर्ने किसानसँग मल छैन । तर मल पुगिसकेको सुन्दा हामी चकित परेका छौँ ।’-राष्ट्रिय कृषक संघर्ष समितिका अध्यक्ष देव धवलले भने । हरेक वर्ष केही नकेही बहना गर्दै सरकारले कृषकलाई आवश्यक कृषि सहयोगी सामाग्री उपलब्ध नगराउने गरेको उनको आरोप छ । आवश्यक कृषि सहयोगी सामाग्री गाउँ घरमै उपलब्ध गराउनका लागि राज्यका सबै नीकायहरुमा जानकारी तथा ज्ञापन पत्र बुझाउँदा समेत आफूहरुको माग पुरा नभएको भन्दै उनिहरुले सडकमा आएर शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । कृषक संघर्ष समितिले विभिन्न माग राख्दै गत जेष्ठ २० र २१ गते नेपालका सबै स्थानीय निकाय तथा सम्बन्धि निकायहरुमा ज्ञापनपत्र बुझाएको थियो ।

सबै निकायहरुमा प्रत्यक्ष भेट गरेर तथा ईमेल इन्टनेटको माध्यमबाट कृषकको समस्या बारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको भए पनि आफूहरुको माग बारे सरकारले कुनै सुनुवाई नगरेको संघर्ष समितिका सचिव सागर यादवले बताए । कृषकलाई भारतीय बजारमा कृषि मल खरिदका लागि जान पनि नदिने तथा सरकारले प्रयाप्त बिउ मल पनि उपलब्ध नगराउँदा थप समस्या हुने गरेको उनिहरुको गुनासो छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।