ताजा अपडेट »

बुटवलमा एक पुरुष मृत अवस्थामा फेला

शुक्रबार, ०५ असार २०७७, ११ : २५
4 Shares

बुटवल । बुटवलमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ रामपथ स्थित भित्रि सडक खण्डको खालि जग्गामा बिहीबार एक पुरुषको मृत अवस्थामा बेबारिसे शव फेला परेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताए ।

पहाडी मुलको मागि खाई हिड्ने जस्तो देखिने अन्दाजी ४०/४५ वर्षको पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा फेला परेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताए । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रहेको छ । यस्तै रुपन्देहीमा एक जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । बिहीबार जिल्लाको गैडहवा गाउँपालिका–७ बिसौरीयाका ५५ वर्षीय प्रमु कहारले सल्फास नामक बिषादी सेवन गरी आत्महत्या गरेका प्रहरी प्रवक्ता वैदवारले बताए । उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । उनले के कारणले बिषादी सेबन गरी आत्महत्या गरेका हुन भन्ने अझै खुल्न नसकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।