ताजा अपडेट »

लकडाउन र राहतको आश

बुधबार, ०३ असार २०७७, ११ : ३५
12 Shares


नेपालमा कोरोना भाइरस देखिएसँगै २०७६ चैतको ११गतेबाट भएको लामो लकडाउनले नेपालमा बसोबास गर्ने जनताको जनजीवनमा पनि ठूलो असर पु¥याएको देख्न सकिन्छ । जनतालाई सरकारबाट राहत सामग्री वितरण गर्ने आशा त देखाइयो तर, अधिकांश जिल्लामा लक्षित समुहसम्म राहत पुग्न सकेन । यदि पुगिसकेको भएतापनि त्यहाँका गरिब जनतालाई सो राहतले राहत दिन सकेन । गरिब जनतालाई सो राहत ‘हात्ती आयो,हात्ती आयो फुस्सा’ भने जस्तै पो भयो । धेरै स्थानमा नातावाद र कृपावाद हेरेर मात्र राहत वितरण गरियो । लामो समयदेखि भइरहेको लकडाउनले गरिब दुःखी जनताको घरमा भोकमरि र बिहान बेलुकाको खानाको लागि पनि हाहाकार सिर्जना भएको छ ।

नेपालमा कोरोना रोगको कारणले भन्दा बढी जनताहरू भोकमरीको कारणले आत्महत्या गर्नसक्ने सम्भावना पाइएको छ । लकडाउन दिन–प्रतिदिन बढ्दै आउँदा बिहान बेलुकाको काम गरेर घर–परिवार पाल्ने गरिब दुःखी मानिसलाई सरकारले वितरण गरिरहेको राहत आश गर्नु बाहेक कुनै विकल्प छैन । तुरुन्तै काम गरेर आने वातावरण पनि छैन । सरकारबाट राहत सामग्री उपलब्ध गराएको भएतापनि कतिपय मानिसहरूले अझै प्राप्त गरेका छैनन् । हालको अवस्थामा हेर्ने हो भने कति मानिसहरुले बिहान बेलुकाको खाना एक छाकमा गुजारा गरिरहेको पाइन्छ । पहिलो चरणको राहत जनतन बाडिए पनि धेरै ठाँउमा दोस्रो पटक भने कुनै राहत वितरण गरिएको छैन ।

सरकारले पनि राहत वितरण गर्नको लागि गाउँ समाजमा रहेका गरिब दुःखी चिन्न नसकेको कारणले पनि जो राहत पाउने व्यक्तिहरू थिए ती व्यक्तिहरु बञ्चित भएको पाइन्छ । अहिले येन–केन बाँचेकाहरु भोलि रोगले भन्दा भोकले मर्ने अवस्था नहोला भन्न सकिँदैन । अबपनि कपिलवस्तु लगाएत लकडाउन भएका जिल्लाहरूमा गरिब,र अशक्त,तथा एकल महिला र जेष्ठ नागरिकहरुलाई चिनेर दोस्रो पटकको राहत वितरण गरियो भने जनताहरू भोकमरीमा रहनु पर्ने थिएन ।

अहिले देशका केहि जिल्ला बाहेक अन्य जिल्लामा लकडाउन केहि खुकुलो भएको पाइन्छ । तर, यस्तो अवस्थामा जनतालाई बिना कुनै सुरक्षा यसरी रोगको महामारीको अवस्थामा खुल्ला रुपमा भिडभाड गरेर हिड्न दिनु कति उपयुक्त होला? कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण भएको जिल्ला कपिलवस्तुलाई हेर्ने हो भने यहाँ पहिलेको अवस्था र हालको अवस्थामा खासै फरक देखिएको छैन । तर,सरकारले प्रशासन कार्यालयलाई जिम्मा दिएको भएतापनि प्रशासन कार्यलयको नि खासै सक्रियता देखिएको छैन । लकडाउन भएको र नभएको अवस्था छुट्टाउन गाह्रो छ । कतै यो अवस्थाले भोलि अझ विपत्ती ल्याउने त होइन भन्ने डर त्रास कपिलवस्तु बासिन्दाहरूको मनमा उत्पन्न भएको पाइन्छ ।

कपिलवस्तुमा जिम्मेवार व्यक्तिबाट नै गैरजिम्मेवार कार्य भइरहेको देख्न सकिन्छ । यसरी प्रशासनले नै नागरिकको जन–जीवनमाथि लापरवाही र हेलचेक्राई गरेपछि भोलिका दिनमा यहाँका जनता रोगको महामारीमा परे भने एउटा व्यक्तिको पनि रोगबाट मृत्यु हुन पुगेमा त्यस्तो अवस्थामा जनतालाई सरकारले वा प्रशासन के जवाफ दिन्छ ? इण्डियाको नाका छोइएका यस जिल्लामा कोरोनाका बिरामीको चाप निरन्तर बढिरहेको पाइन्छ । यदि यसरी नै सरोकारवालाहरुको यस्तै भूूमिका रहेमा यस रोगले कपिलवस्तुमा अझै महामारि फैलाउन सक्ने सम्भावना रहेको देख्न सकिन्छ । तर, हालको अवस्थालाई हेर्ने हो भने कपिलवस्तुका केहि नगरपालिकाहरुमा भोकमरी नै लाग्ने संकेत देखिन्छ । न त किसानले उत्पादन गरेका तरकारीहरुले बजार व्यवस्थापन पाउन सकेका छन् न न त बिक्री गर्ने अवस्था छ ।

यस्तो अवस्थाले गर्दा नै भोलि भोकमरि लाग्छ । कि भन्ने अवस्था सिर्जना भएको पाइन्छ । सरकारले पनि राहत वितरण गर्नको लागि गाउँ समाजमा रहेका गरिब दुःखी चिन्न नसकेको कारणले पनि जो राहत पाउने व्यक्तिहरू थिए ती व्यक्तिहरु बञ्चित भएको पाइन्छ । अहिले येन–केन बाँचेकाहरु भोलि रोगले भन्दा भोकले मर्ने अवस्था नहोला भन्न सकिँदैन । अबपनि कपिलवस्तु लगाएत लकडाउन भएका जिल्लाहरूमा गरिब,र अशक्त,तथा एकल महिला र जेष्ठ नागरिकहरुलाई चिनेर दोस्रो पटकको राहत वितरण गरियो भने जनताहरू भोकमरीमा रहनु पर्ने थिएन । बेलैमा सचेत नभएमा देशमा अझै ठूलो संङकट नआउला भनेर भन्न सकिदैन तर, सरकारले बेलैमा ध्यान दिएमा यो रोगलाई नियन्त्रणमा लिएर मानवजातीलाई बचाउन सकिन्छ ।

देशका जनता आफूमै सचेत भएमा पनि रोगलाई छिटो भगाउन सकिन्छ । कोरोना भाइरस नेपालमा देखिएसँगै सुरु गरिएको लकडाउनको कपिलवस्तु जिल्लामा यथावत् नै पाइन्छ । लकडाउन हाम्रै लागि भएकोले लकडाउनको पूूर्ण रुपमा पालना गरियो भने यसबाट आफू पनि बाँच्न र यस्तो खतरनाक रोगबाट अरुलाई पनि बचाउन सकिन्छ । याद राखौं ‘हामी सुरक्षित रहेमा हाम्रो समाज र सिङ्गो राष्ट्र नै सुरक्षित रहनेछ ।’ – कपिलबस्तुका बासिन्दा लेखक कानूनका विद्यार्थी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।