ताजा अपडेट »

रुपन्देहीका एक युवाद्वारा आत्महत्या

शुक्रबार, २३ जेठ २०७७, १४ : २०
4 Shares

भैरहवा । रुपन्देहीका युवाले आत्महत्या गरेका छन् । सिद्धार्थनगर भैरहवाका २० वर्षिय युवाले गएराती विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ । मिश्रा थरका ति युवा मोडलिङ्ग क्षेत्रमा संघर्षरत थिए भने भैरहवामा उनको व्यवसाय पनि रहेको छ । उनी भैरहवा भन्दा बाहिर रहँदै आएको र केही महिना अघि मात्रै घर आएको उनका निकटकाले बताए ।

हाल देशमा लकडाउन जारी छ । यस समयमा आत्महत्या गर्नेको संख्यापनि बढ्दो छ । प्रदेश ५ को रुपन्देहीमा मात्रै लकडाउनको अवधीमा ५० बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा रहेको छ।केहि दिन अघिमात्रै बुटवलका एक युवती र एक किशोरीले पनि आत्महत्या गरेका थिए। कोरोना संक्रमण र मृत्युुबाट जोगिन सरकारले लकडाउन गरेको छ। तर, दुई महिनादेखि जारी लकडाउन कोरोनाबाट हालसम्म ११ जनाको मृत्यु भएको छ भने आत्महत्याबाट हजार बढीको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।