ताजा अपडेट »

गुल्मीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

शनिबार, १७ जेठ २०७७, २१ : ४४
10 Shares

गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगाम स्थित आदर्श माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । शनिवार बिहान भारतबाट आएका ति व्यक्तिलाई गाउँपालिकाले दिगाम आदर्श माबिको क्वारेन्टाइमा राखेको थियो । भारतबाट आउनेहरुलाई गाउँपालिकाले उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनि हिडेका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डीएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले बताए । साँझ खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए । शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए । मानसिक सन्तुलन ठिक नभएको भन्ने आएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।