ताजा अपडेट »

बुटवलकी १५ वर्षीय किशोरीद्वारा आत्महत्या

मंगलबार, १३ जेठ २०७७, १९ : ३७
78 Shares

बुटवल । १५ वर्षिय बुटवलकी एक किशोरीले आत्महत्या गरेकी छन् । बुटवल उपमहागरपालिका–०९, मिलनचोक, तिनकुनेकी १५ वर्षिय सबिना सुवेदीले गएराती आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवले जनाएको छ ।

मृतक किशोरीले स्थानीय एक निजी विद्यायलमा कक्षा ९ को परीक्षा दिएकी थिइन् । ती किशोरीले के कारणले गर्दा आत्महत्या गरेकी हुन् भन्ने विषयमा अझै खुल्न नसके प्रहरीले बताएको छ । गएरातीनै बुटवल, दिपनगरमा २२ वर्षीय युवतीले पनि आत्महत्या गरेकी थिइन् ।

लकडानको समयमा घर भित्रै बस्दा आफ्ना उद्देश्य पूरा नभएका कारणल पनि आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर खत्रीले बताए । लकडाउन भएता पनि घरपरिवारमा एकले अर्कोलाई सहयोग गर्ने र परिवारका सदस्यले केही गल्ति गरेको अवस्थामा राम्रोसँग सम्झाउने गरेको खण्डमा आत्महत्या कम गर्न सकिने उनले बताए ।

साथै कुनै जटिल समय परेको अवस्थामा आत्महत्या गर्न प्रेरित हुनुभन्दा पनि प्रहरीलाई जानकारी दिनु पर्ने उनको भनाई रहेको छ । लकडाउन सुरु भएदेखि रुपन्देहीसहित देशभर नै आत्महत्या गर्नेको संख्या बढेको छ । रुपन्देहीमा मात्रै लकडाउन सुरु भएदेखि मगंलबारसम्म ३० जना भन्दा बढीले आत्महत्या गरेको तथ्याङक रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।