४ जेष्ठ २०७९, बुधबार

May 18, 2022


बुटवल। बुटवल उपमहानगरपालिकाले लकडाउनलाई समय तालिका बनाएर व्यवस्थित गरेको छ । अनावश्यक रुपले घरवाहिर निस्कने र विहानी र रात्री हिडाईलाई निरुत्साहित गर्न र असुरक्षित रुपले सामान खरिद विक्री कार्यलाई व्यवस्थित, सुरक्षित तथा सामाजिक दुरी पालना गर्न कडाई गरेको हो ।

Advertisement

खाद्यान्न, तरकारी तथा फलफुल पसलहरु हप्तामा ३ दिन, विहान ९ बजे देखि २ बजेसम्म आइतवार, मंगलवार र विहीवार खोल्न पाइने भएको छ । स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिका मार्फत स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा र बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा घरघरमा डुलाई विहान ७ बजेदेखि १० बजेसम्म विक्री वितरण गर्न पाइने नियम बनाइएको छ ।

उपमहानगरद्वारा जारी गरिएको सार्वजनिक सूचना अनुसार कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल,विउ,औषधी पसल आइतवार, मंगलवार र विहीवार विहान ९ः०० बजेदेखि २ः०० बजेसम्म खोल्न पाइने छ । दुध तथा डेरी उत्पादन प्रत्येक विहान ७ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ । दुध विक्रेताले उत्पादन, संकलन गरेको स्थल खुलेको सम्बन्धित पालिका वा वडावाट भएको सिफारिस साथमा ल्याउनुपर्ने छ ।

विकास निर्माणसँग सम्बन्धित माल सामान विक्री गर्ने हार्डवेयर पसल हप्तामा ३ दिन आइतवार, मंगलवार, विहीवार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न सकिने भएको छ । सञ्चालन एवं कार्यान्वयन गर्न स्वीकृत पूर्वाधार विकासका कार्यहरु सुरक्षा र सामाजिक दुरीको सुनिश्चितता कायम गरी कामको प्रकृति हेरी समय मिलाएर सबै दिन गर्ने तर कामदार श्रमिकहरुको परिचय खुलेको अभिलेख राखेको हुनुपर्ने छ ।

कृषि औजार उपकरण तथा साधन र ढुवानी साधनको मर्मत सम्भार ५ जनाभन्दा बढी मिस्त्री नरहने गरी प्रत्येक दिन विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गर्न सकिने भएको छ । नदीजन्य पदार्थको ढुवानीका लागि प्रत्येक दिन विहान ९ बजेदेखि वेलुका ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।
वैक, वित्तीय संस्था र सहकारीहरु प्रत्येक आइतवार, मंगलवार र विहीवार विहान १० बजेदेखि १ बजेसम्म मात्र खुल्ला गर्न सकिने छ । आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित गर्न लकडाउनको पालना र सामाजिक दुरी कायम गर्न उपमहानगरले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर