ताजा अपडेट »

सन्धिखर्कको छायाँ पोलिक्लिनिकका १० जनाको स्वाब संकलन, भैरहवामा परीक्षण गरिने

मंगलबार, ०६ जेठ २०७७, ११ : ३४
4 Shares


अर्घाखाँची । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मी एक युवकले सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा उपचार गराएको खुलेपछि सिल गरिएको उक्त पोलिक्लिनिकका १० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

पोलिक्लिनको उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवा पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय उनी गत वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकीको चेक गर्न सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा आएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना भएको देखिएको डाक्टर गौतमले बताए । उनको लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो

पोलिक्लिनकमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मीको स्वाब परिक्षण रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै विरामीहरु र उनीहरुसँग सम्पर्कमा आएका सबैलाई खोजेर परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।