ताजा अपडेट »

स्थानीय युवाद्वारा भैरहवाको अशोक पथ बन्द

सोमबार, २४ चैत्र २०७६, २० : १३
12 Shares
सोमबार, २४ चैत्र २०७६
12 Shares

भैरहवा । भैरहवा-६ अशोकपथका स्थानीय युवाहरूले अशोकपथ हुँदै गूड्ने सवारी साधन बन्द गराएका छन्। कोरोनाविरुद्ध सरकारले गरेको लक डाउनलाई साथ दिन स्थानिय युवाहरुको सकृयतामा उक्त अशोक पथ मार्ग हुँदै जाने बैक कोलोनी आसपासका शाखा बाटोहरु बन्द गरिएको स्थानीय मनोज पुनले बताए ।

बिहान साझ तरकारी बेच्ने बाहनामा अपरिचित ब्यक्तिहरुको भिडभाड तथा केहीले जबरजस्त अनावश्यक सवारी साधन सञ्चालन गर्ने गरेकाले स्थानीयबीच सल्लाह गरेर बाटो नै बन्द गराएको स्थानिय टोलबासी प्रेम सिंजालीले बताए । लक डाउनको समयमा पनि उक्त अशोक पथ भएर आवतजावत बाक्लो हुने गरेको तथा मनपरी आवात जावतले कोरोनो संक्रमणको जोखिम बढेको हुँदा सो पथ बन्द गर्ने निर्णय गरिएको केशब काफ्ले बताए । काफ्ले भने – ‘कतिपयले जति भन्दा पनि टेरेनन्, त्यसैले सडक नै बन्द गर्न बाध्य भयौं।’

स्थानिय टोलबासीलाई अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्न टोलका अगुवहाँरुले आग्रह गरेका छन् । यसका साथै युवाहरुको भेलाले अत्यावश्यक काम नपरी आफुखुसी पैदल हिँड्नेलाई समेत जरिवाना गर्ने चेतावनी दिइएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सूचना मात्र जारी गरी अनुगमन नगर्दा मानिसहरुको चहलपहलमा नियन्त्रण हुन नसकेको स्थानियको भनाई रहेको छ ।

अशोक पथ मार्ग बन्दले पर्न गएको असुविधा प्रति अशोक पथ टोलबासीहरु क्षमा प्रार्थी रहेको राज थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।