१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

एउटी नारीको अदम्य शाहसको कथा


उनको जन्मघर पाल्पाको तिनाउ गाउँपालिका वडा नं.२ को बुढासटक हो तर अचेल तिलोत्तमा नगरपालिकाको मणिग्राममा बस्दै आएकी छन् । टंक र कौशिलाकी कान्छी छोरी हुुन् विष्णु । विष्णुको नागरिकताको नाम विष्णुकुमारी घिमिरे हो । उनका तीन दाइ र एक दिदीको विहे भई सक्यो । २०७६ मंसीर २५ गते उनका बुवालाई दमले उनीहरुबाट चुँडेर लग्यो । आमा कान्छा दाइसँगै छिन् । बाबाको मृत्युले विष्णुको मन एकोहोरिन्छ घरिघरि । मनमा पीडा ताजै छ । जीवनको सहारा दिने बाबाको मृत्युले आँखा ओभाना छैनन् । अहिले पीडाको घाउ सम्झनाको मल्हमले पुर्दैछिन् ।

Advertisement

हाईस्कूल पढ्न उनलाई घरबाट हिडेर डेढघण्टा लाग्ने दोभान मावि पुग्नु पथ्र्यो तर, उनका लागि सो शैक्षिक यात्रा सहज थिएन । घरबाट वा स्कूलबाट छिटो हिड््ने तर ढिलो पुग्ने अवस्था थियो । कारण उनको शारीरिक अवस्था नै हो । विष्णुको दाहिने खुट्टा देब्रे खुट्टाको तुलनामा डेढ इञ्च छोटो छ । सानैमा उनलाई पोलियो माइलाइटीस भएपछि यस्तो अवस्था व्यहोर्नु परेको आफूले बुझ्ने भइपछि थाहा पाइन् ।

विष्णुले २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रमाण–पत्र तह उत्तीर्ण गरेर स्नातक पहिलो वर्षको परीक्षामा सामेल भईन् तर सो तह भने पूरा गर्न सकिनन् । कारण अनेक छन् ।
उनी दोभान गाउँ अपाङ्गता पुनस्र्थापना समितिका अध्यक्ष थिइन् । उनले उक्त पदमा रहेर १२ वर्ष नेतृत्व गरिन् । गाउँमा उनले आफ्नो समितिका तर्फबाट आफू जस्तै साथीहरुलाई न्यायो कपडा बाँडिन् । ह्विल चियर,सेतो लौरो र ब्रेल लिपि समेत बाँडिन् । सबैका घरघरमा पुगिन् । खाएको नखाएको दुःख र सुख बुझ्न उकाली ओराली गरिन् । अपाङ्गता सम्बन्धी सचेतना शिक्षा,शिविर सञ्चालन गरी जिल्लाकै नमूना समितिको रुपमा विष्णुले समितिलाई परिचित गराएकी थिइन् ।साँच्चिकै विष्णु सबैका निम्ति असल पात्र बनेर उभिइन् । उनले पाल्पा सिविआरको सहयोगमा भक्तपुरबाट एक सय दिनको अपाङ्गता सम्बन्धी तालिम हासिल गरेकी छन् । सो तालिमले उनको जीवनमा नयाँ आयाम थपि दिएको छ ।

अहिले उनी राष्ट्रिय अपाङ्ग महासंघको पाल्पा जिल्ला उपाध्यक्ष छिन् । समुदायमा आधारित पुनस्र्थापना केन्द्र(सीबिआर),पाल्पाको सदस्य छिन् । उनलाई पदले भन्दापनि कामले चिनाएको छ । सामाजिक काम भनेपछि हुरुक्क हुने विष्णुले जीवन निर्वाहका लागि सिद्धबाबा मन्दिरको धर्मशालामा दर्शन पूजा पसल सञ्चालन गरेकी छन् । सोही पसलको आम्दानी,आफ्न्तीले दिएका दान–दक्षिणा र बंशबाट प्राप्त अंशलाई जोडेर अहिले तिलोत्तमा वडा नं.६ झरना पथमा ८ धूर जग्गामा एकतले खुसीको भवन ठड्याएकी छन् । घरतिरबाट अन्यायमा परेकी आफ्नी दिदी अनि दुई छोरालाई समेत सहारा दिएकी छन् । उमेरलेभन्दा पनि अनुभवले उनी पाकी भएकी हुन् । संसार बुझेकी छन् । दुःखीका दुःखलाई हटाउन सधैं कर्मशील छिन् ।

स्कूले जीवनमा उनकै संगीसाथी र छिमेकीहरुले अपमानजनक शब्दले बोलाउँथे वा चिच्चाएर जिस्काउथे तब मनमा अनेक तर्कनाहरु खेल्थे । पीडावोध हुने गर्दथ्यो । मन दुख्थ्यो,हेपिनुको पीडा कम्तिको हुन्थेन । तैपनि ती पुराना तीता कुराहरुलाई दबाएर अपाड्डता भएका ब्यक्तिहरुलाई सेवा गर्न पाउँदा उनका खुसीहरुले सगरमाथा चुम्ने गर्थे । पीरका पोकालाई घरनजिकै बग्ने तिनाउमा बगाउँथिन् ।

विष्णुमा बदला होइन् सबैका विचार बदल्ने भाव छ । उनका हरप्रयासहरु आफू जस्तैका जीवनमा सेवा गर्ने रहर र अदम्य आँट छ । दोभानमा रहेका सय बढी अपाङ्गता भएका साथीहरुलाई आफ्नो समितिमा एकीकृत गरेकी थिइन् । उनीहरुको अवस्था अनुसारको परिचय पत्र दिलाउनका लागि कम्मर कसेर लागेकी थिइन् । भोक,शोक नमानेर गाउँबस्तीमा आफू जस्तैका स्याहार गर्न पुगेकी थिइन् ।

अचेल सिद्धबाबा मन्दिर,पाल्पामा फूल प्रसादीको पसल थापेर भक्तजनहरुको सेवा गरेकी छन् । विष्णुका वर्तमान सुखमय छन् तर विगत सोचें जस्तै सरल थिएन । विष्णुले समितिको अध्यक्ष रहँदा गाउँमा आफू जस्तैका आयआर्जनका लागि आर्थिक सहयोग गरेकी थिइन् । बंगुर,बाख्रा,कुखुरापालनका लागि अनुदान स्वरुप सहयोग गरेकी थिइन् । नोखराज लम्साल,नरसिंह भण्डारी,रामबहादुर पल्ली,ज्योतिलाल बस्याल,ओमकुमारी पुनले बाख्रापाल्न थालेपछि उनीहरुका जीवनमा आर्थिक फड्को मारेको विष्णुको अनुभव छ । ती सुखका कुराहरुले विष्णुको जीवनमा उत्साह र हौशला थपिन्छ ।

ओम कुमारी पुनले आफ्नो छोराको नाममा २०६४ मा पाएको एउटा माउ बाख्राबाट हालसम्म करिव दुई लाख ५० हजार बढी नगद आम्दानी गरी सकेका छन् । चारवटा माउ र तीनवटा पाठापाठी अझ्ै छन् । यो सफलताको कुरा सुनाउँदै गर्दा विष्णु झन् उत्साहित हुन्छिन् ।
निरन्तर अपाङ्गता सम्बन्धी काम र सेवा गर्ने अठोट बोकेका विष्णुले जीवनमा आइपर्ने समस्याबाट तर्सेर भाग्न नहुने र घृणालाई सहजै स्वीकार गरी मायामा बदलेर अघि बढेमा जीवनको गन्तब्यमा पुग्न सक्ने बताउँछन् । गुमनाम यात्रामा रहेकाहरुलाई निश्चित भविष्य निर्माण गर्नका लागि उनले खेलेको भूमिका कुनै कालखण्डामा स्वर्ण अक्षरले लेखिने छन् । संस्कृतिलाई समृद्धिसँग जोडेर लैजाने उनको सपना छ ।

विष्णु सबैका निम्ति उदाहरणीय पात्र हुन् । उनीबाट धेरै सिक्नु पर्ने ज्ञान,सीप र व्यवहारहरु छन् । हक्की स्वभावकी विष्णुमा धूप बनाउने,बाती काट्ने,टपरी खुट्ने ,सेलरोटी पकाउने राम्रा कला छन् । जो नयाँ पिंढीलाई हस्तान्तरण गर्नु जरुरी देखिन्छ । समाजले उनको कामको प्रशंसा गर्दै उनीबाट आवश्यक सहयोग लिने बेला आइ सकेको छ । समाज सेवामै जीवन गुजार्ने सपना बुनेका विष्णुको रहरले सार्थकता पाउने दिन अब टाढा छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु