ताजा अपडेट »

ठप्पै भयो रेमिट्यान्स

शनिबार, १५ चैत्र २०७६, ०८ : ३६
22 Shares
शनिबार, १५ चैत्र २०७६
22 Shares

काठमाडौं । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो ।गत वर्षका सात महिना (वैशाख–कात्तिक)मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो ।

यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको थियो । - राजधानी दैनिक

facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
sharethis sharing button
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।