१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडाैं । मास्क (मुखावरण), स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको जनाएको छ ।

विभागले काठमाण्डाैकाे क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लुकाएको आरोपमा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ । विभागले बुधबार पनि बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ ।

उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ । विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ । काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै बजारमा मास्क तथा अन्य मेडिकलजन्य सामग्रीकाे कालाेबजारी बढेकाे गुनासाे आइरहेकाे थियाे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग