ताजा अपडेट »

पोखरा कोटिहोम महायज्ञमा ओजस्वी आचार्यको भावनात्मक सम्बोधन: ‘संस्कार बिर्सदा अस्तित्व नै गुमाउँछौं’

बुधबार, १४ जेठ २०८२, १२ : ०३
26 Shares
बुधबार, १४ जेठ २०८२
26 Shares

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष वक्ताको रूपमा मन्तव्य दिँदै ओजस्वी आचार्यले सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्थामाथि गहिरो चिन्ता प्रकट गरेकी छन् । 

उनले आफ्नो सम्बोधनमा हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, वैज्ञानिक र मार्गदर्शक धर्मको रूपमा व्याख्या गर्दै यसले  केवल आध्यात्मिक उन्नतिको बाटो देखाउने मात्र नभई वैज्ञानिक अनुसन्धान र मानविय चेतनाको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेकी हुन् ।

उनले भनिन्, ‘आज विश्वकै सबैभन्दा पुरानो र मुलभूत धर्मको रुपमा स्थापित हिन्दु धर्म जसले मानविय सिर्जना मात्र होइन । खोज, अध्यन, अनुसन्धान र वैज्ञानिकको क्षेत्रमा पनि मार्गनिर्देश गरिरहेको छ । आज विश्वभरी नै शान्ति फैलाउन चाहने ति बौद्ध, जयन्त र सिक धर्महरु सनातन संस्कृतिको उपजको रुपमा स्थापित छन् ।’

साथै उनले  आचार्यले हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, मुलभूत र वैज्ञानिक धर्मको रूपमा चित्रण गर्दै यसले मानव सिर्जनासँगै खोज, अध्ययन र अनुसन्धानको बाटो देखाएको उल्लेख गरिन् ।

उनले बौद्ध, जैन र सिक धर्महरूलाई पनि सनातन संस्कृतिको उपज बताउँदै यिनले मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्ति दिलाउने मार्ग प्रदान गरेको उल्लेख गरिन् । उनले आजको समाज वैज्ञानिकताको नाममा संस्कारविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘जसले  वौद्धिक प्राणिको रुपमा स्थापित मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्त बनाउँदै संस्कार संस्कृतिहरु गुण र व्यवहारतर्फ लैजान अभिप्रेरित गर्दछन् । आज हामी र हाम्रो समाज खोज अनुसन्धान र वैज्ञानिकको बलमा अनस्थपुर्ण बन्दैछ । पूँजीको चक्रवादमा फसेर आफ्नो घर परिवार समाज समुदाय राष्ट्र र मुलुकलाई भुल्दैछ । मै खाउँ, मै लाउँ, सुखसयल र मोज मै गरु , अरु मरुन् दुर्लभहरु भन्ने भाष्य सिर्जना हुँदैछ ।’  

यसैगरी उनले वृद्ध अभिभावकलाई वृद्धाश्रममा छोड्ने प्रवृत्तिलाई असंवेदनशील आधुनिकताको क्रूर स्वरुप भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘जसलाई आमा सृष्टिको प्रतिक लाग्दैन, जसलाई बुवाको भूमिका जीवनको सुरुवाती सौन्दर्य लाग्दैन, ती व्यक्ति केवल शरीरले मानव होलान्, आत्माले होइन । बुढा भएका बाआमालाई वृद्धाअश्रममा एक्लै छाडेर आफ्नो  जिवनको सुन्दरता खोज्ने हिड्ने ति जनावरलाई के थाहा आमा श्रृष्टी हुन् र बुवा जिन्दगीको एउटा त्यस्तो  स्वरुप हो जसले जिवनको सुरुवातीलाई सुन्दर बनाइदिन्छ । ति सुन्दरताकै कल्पनामा आफ्ना रहर र आवश्यकतालाई तिलाञ्जली दिन्छ । ’

१८ वर्ष पुगेपछि स्वतन्त्रता खोज्दै कर्तव्य बिर्सनु संस्कार होइन, दम्भ र क्रोधमा आफूलाई स्थापित गर्नु सनातन शिक्षा होइन, भन्दै आचार्यले समाजमा फैलिँदो विकृति, व्यक्तिगत स्वार्थ र मूल्यहीनतालाई गम्भीर चुनौतीको रूपमा चित्रण गरिन् । वर्तमान प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले सनातन संस्कारलाई हेप्दै अगाडि बढ्यौं भने हाम्रो समाज कता पुग्लारु हाम्रो भविष्य कस्तो बन्लारु हाम्रो संस्कृति के बाँकी रहला रु भन्दै गम्भीर प्रश्न उठाइन् ।

उनले भनिन्, ‘यही सनातन संस्कृतिलाई अपमान गरेर अवौद्धिक,अवैज्ञानिक र अगुणिको रुपमा स्थापित गर्दै अगाडि बढ्दा हाम्रो समाज कहाँ पुग्ला, हाम्रो  भविष्य  कस्तो बन्ला रु हाम्रो  दर्शन र सनातन र संस्कृतिलाई कस्तो  प्रभाव पर्ला रु आज आम नेपालीले सोच्न जरुरी छ । व्यक्तिगत स्वार्थ र  पूँजीगतको लोभमा परेर हामी हाम्रो संस्कार र  संस्कृति बिर्सिरहेका छौं ।  हाम्रो  अस्तित्व गुमाइरहेका छौं । ’

यसैगरी ओजस्वी आचार्यले सम्पूर्ण नेपाली जनतालाई आफ्नो जरा र संस्कृति फर्केर चिन्ने आह्वान गरिन् ।   उनले भनिन्, ‘यदि संस्कार बिस्र्यौं भने अस्तित्व नै गुम्छ । यो केवल धर्मको होइन, हाम्रो सम्पूर्ण सभ्यताको संरक्षणको लडाइँ हो । आज समय छ—हाम्रा संस्कार फर्काउने, हाम्रा मूल्य सम्झने र हाम्रो अस्तित्व जोगाउने । नत्र हामी केवल आधुनिकतामा हराएका स्मृतिहरू बनौंला ।’


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।