ताजा अपडेट »

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

बुधबार, १४ जेठ २०८२, ११ : ११
20 Shares
बुधबार, १४ जेठ २०८२
20 Shares

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् ।

आज र भोलि जेठ १४ र १५ गते उनी नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले परराष्ट्रमन्त्री डा- आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।