ताजा अपडेट »

गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

बुधबार, १४ जेठ २०८२, १० : ५०
46 Shares
बुधबार, १४ जेठ २०८२
46 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  

संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । 

बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् ।  

विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।