ताजा अपडेट »

जिप दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, १३ जेठ २०८२, १५ : ०२
38 Shares
मंगलबार, १३ जेठ २०८२
38 Shares

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ । 
    
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।  नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।