ताजा अपडेट »

टी-२० सिरिज : लगातार पराजित हुँदै आएको नेपालले आज थाइल्याण्ड्सको सामना गर्दै

मंगलबार, २२ माघ २०८१, ०५ : ४४
56 Shares
मंगलबार, २२ माघ २०८१
56 Shares

बुटवल । महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत लगातार ३ खेलमा पराजित हुँदै आएको नेपालले आज लगातार ३ जित दर्ता गरेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुँदा थाइल्याण्डभने अपराजित यात्रालाई काय राख्दै चौथो जितको खोजिमा हुने छ । 


महिला टि ट्वान्टी आई वरियतामा १३ औं‌ स्थानमा रहेको थाइल्याण्डसँगै १६औं स्थानमा रहेको नेदरल्याण्ड्स समेत सिरिज खेलिरहेको छ । नेदरल्याण्ड्सले नेपालसँगका दुईवटै खेलमा जित दर्ता गरेको छ भने थाइल्याण्डसँगको २ खेलमै पराजित भएको छ । वरियताको २० औं स्थानमा रहेको नेपालले जारी सिरिजमा हालसम्म जितविहिन अवस्थामा छ । 

सोमबार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको थियो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भएको थियो ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।