ताजा अपडेट »

एलुम्नाइ अफ न्यु होराइजन माविद्वारा फेट एन्ड रियुनियन कार्यक्रम सम्पन्न

विहीबार, १७ माघ २०८१, १९ : ४१
156 Shares
विहीबार, १७ माघ २०८१
156 Shares

बुटवल । एलुम्नाइ अफ न्यु  होराइजन माबी (भुतपुर्व  विद्यार्थी संघ ) को आयोजनामा बिहिबार फेट एन्ड रियुनियन कार्यक्रम सम्पन्न भएको छ । वि,स .२०४९ साल देखि न्यु होराइजन माबी मा सुरु भएको एस एल सी  परिक्षा दिन पाउने अवसर अन्तर्गत पहिलो ब्याच का विद्यार्थी राजिब श्रेष्ठ को नेतृत्वमा एलुम्नाइ स्थापना भएको थियो ।

एलुम्नाइ ले प्रत्येक २ बर्षमा पुराना विद्यार्थी  हरुलाइ जमघट  गराइ रमाइलो गर्ने र विद्यार्थी  एकताको सन्देश  दिने कार्यक्रम गर्ने गर्दछ । आजको कार्यक्रम मा २०५६ साल यताका विद्यार्थी  हरुलाइ सम्मान गर्नु का साथै २०५६ को एस एल सी ब्याच को २५ औ  बर्ष मनाइएको थियो । कार्यक्रममा गायिका समिक्षा अधिकारीले प्रस्तुती दिएकी थिइन । त्यस्तै कार्यक्रम मा विद्यालयका वर्तमान विद्यार्थी  र उनीहरुको अभिभावक सहभागी हुनेगरी प्यारेन्ट्स किड्स शो आयोजना गरिएको थियो ।

जसमा निधि श्रेष्ठ प्रथम, अर्विन भुसाल दोस्रो र समाइरा अर्याल तेस्रो स्थान ओगट्न सफल भए । उनीहरुले नगद पुरस्कार साथै ट्रफि प्राप्त गरेका थिए । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि न्यु होराइजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले भुपु विद्यार्थी हरुले विद्यालयको नाम उचो पार्दै आ-आफ्नो क्षेत्रमा गरिरहेको कामले विद्यालय परिवारलाइ खुसी मिल्ने गरेको बताए । उनले एलुम्नाइ स्थापनाले पुराना विद्यार्थी बेला बखतमा विद्यालयमा आउने र पुराना याद ताजा गर्दै गुरु हरु संग भेटघाट गर्ने परिपाटी ले विद्यार्थी  र गुरु बिचको सम्बन्ध लाई पनि जिवित राख्ने बताए ।

Untitled

त्यस्तै कार्यक्रम  का विशिष्ट अतिथि न्यु होराजन माबिका प्राचार्य एबम एलुम्नाइ अफ न्यु होराइजनका संरक्षक लोकनाथ उपाध्यायले आफुले अध्यापन गरेका सुरुदेखिका विद्यार्थी लाई  आफुहरुसंग भेट गराइरहने माध्यम बनेको एलुम्नाइ विद्यालयको अभिन्न अंग  भएको जनाए । एलुम्नाइ अफ न्यु होराइजनका अध्यक्ष  उमेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा एलुम्नाइका सल्लाहकार हरु राजिब श्रेष्ठ , नारायण  थापा, संजय ज्ञवाली, निरज लाकोल लगायत एलुम्नाइका पदाधिकारीहरु र सदस्य हरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।