ताजा अपडेट »

के सन्दीपले क्रिकेटबाट शन्यास लिने तयारीमा हुन् ?

आइतबार, ०६ माघ २०८१, ०८ : २७
368 Shares
आइतबार, ०६ माघ २०८१
368 Shares

बुटवल । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले शनबिार राती सामाजि सञ्जालमा गररेको एउटा पोष्टले उनका समर्थकहरुलाई आश्चार्यमा पारेको छ । उनले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गर्दै लेखिएको स्टाटसमा धेरैले शुभकामना व्यक्त समेत गरेका छन् ।  

उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्नेखालको छ । सो पोस्टमा उनले सबैलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।

sandy

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।