ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

अन्तिम क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

विहीबार, ०४ पुस २०८१, ०६ : ३९
106 Shares
विहीबार, ०४ पुस २०८१
106 Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। 

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लाएको हो। यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।