ताजा अपडेट »

रवि लामिछानेको बयान रुपन्देहीमा सकियो, पोखरा पठाउने तयारी

विहीबार, २९ कार्तिक २०८१, १८ : १३
148 Shares
विहीबार, २९ कार्तिक २०८१
148 Shares


बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी भइरहेको डीएसपी खनालले बताइन् ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।