ताजा अपडेट »

रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु

मंगलबार, २७ कार्तिक २०८१, १३ : ३८
2.43K Shares
मंगलबार, २७ कार्तिक २०८१
2.43K Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो।

लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।