ताजा अपडेट »
सहकारी ठगी प्रकरण:

छविलाल जोशीलाई बयानका लागि रुपन्देही ल्याइयो

सोमबार, ०५ कार्तिक २०८१, १६ : ३७
282 Shares
सोमबार, ०५ कार्तिक २०८१
282 Shares

बुटवल। पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही ल्याएको छ। सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार रुपन्देही ल्याइको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले पोखराबाट जहाजमार्फत रुपन्देही लिइएको बताइन् । सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशिलाई ल्याइएको बताउँदै बयान सकिए पछि पुनः पोखरा पठाउने डिएसपी खनालले बताइन् ।

‘उहाँलाई बयानका लागि यहाँ ल्याइएको हो । बयानसकिए पछि उहाँलाई पुनः पोखरा नै पठाउँछौँ । सकेसम्म भोलि नै बयान सकेर पोखरा पठाउने तयारी छ,’ –उनले ग्लोबल आवाजलाई भनिन् । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।