ताजा अपडेट »

टी-२० विश्वकप: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

सोमबार, २८ जेठ २०८१, ०८ : ५३
210 Shares
सोमबार, २८ जेठ २०८१
210 Shares

काठमाडौं । टी-२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो । भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाए पछि भारतले खेल ६ रनले जितेको हो ।

प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने। कुनै बेला पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए । टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो ।

यो जितपछि समुह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ । २ खेलमा ४ अंक हासिल गरेको भारत समुह ए मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।