ताजा अपडेट »

कार्यदलको बैठक सकियो, शिर्ष नेताहरुबीच छलफल हुने

शनिबार, १२ जेठ २०८१, २१ : १५
70 Shares

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनिको नाम समेत उल्लेख समेत गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताए । अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शिर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताए ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।