ताजा अपडेट »

बुटवलको कान्ति माविमा करियर गाईडेन्स कार्यक्रम

शुक्रबार, ११ जेठ २०८१, १२ : ४०
760 Shares
शुक्रबार, ११ जेठ २०८१
760 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि करियर गाईडेन्स कार्यक्रम आयोजना गरिएको छ । विहिबारदेखि जारी कार्यक्रममा विद्यार्थीहरुका लागि दुई वटा सेसनको माध्यमबाट प्रशिक्षण गरिएको छ ।

पहिले सेसनमा सफलता, सफलता प्राप्तिका लागि आत्मविश्वासको विकास, जीवनका लागि लक्ष्य निर्धारणको महत्त्व, शिक्षाको महत्त्वका विषयमा र दोस्रो सेसनमा अध्ययनका विश्व प्रसिद्ध तरिका, हामीले अपनाउन सकिने जीवनशैली, कक्षा १० पछिको अध्ययन, किशोराअवस्थामा डिजिटल कुलतबाट कसरी बच्ने, साईबर अपराधका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षित गरिँदै छ । सो अवसरमा बोल्दै कक्षा १० का ईन्चार्ज डिल्ली प्रसाद बेलबासेले यो कार्यक्रमले विद्यार्थीमा रहेका करियरसँग सम्बन्धित अन्यौलता न्यून हुने आफूले विश्वास राखेको उल्लेख गरे । वर्तमानमा समयमा किशोर किशोरीहरुमा धैर्यता, जवाफदेहिता कम हुँदै गएको अवस्थामा उनिहरुलाई आफ्नो भविष्य प्रति सचेत गराउनका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरुमा रहेका अनेकौं सम्भावनाहरुलाई पहिचान गरि सफल नागरिक बनाउनका लागि कार्यक्रम सफल रहने दाबी गरे । सामुदायिक विद्यालयको ईतिहासमा पहिलो पटक आईएसो पाउने कान्ति मावि आगामी दिनमा विद्यार्थीमैत्री शिक्षण सिकाईको रिसर्च सेन्टर बन्नेमा विश्वास व्यक्त गरे । मँगलबारसम्म सञ्चालन हुने कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका लागि प्रशिक्षक डा उमेश न्यौपाने र हुमराज भुसालले प्रशिक्षण दिनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।