ताजा अपडेट »

चौधरी ग्रुपले ल्याउदै गरेको इभी दायुनको युएहु एस१ को मुल्य ३१ लाख

बुधबार, ०९ जेठ २०८१, ०५ : ३०
246 Shares
बुधबार, ०९ जेठ २०८१
246 Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल भित्राउन लागेको चिनियाँ इभी दायुनको युएहु एस१ गाडीको मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ। गाडीको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले आज गाडीको म्याक्सिमम रिटेल प्राइस(एमआरपी) प्रकाशित गरेको हो।

यो गाडी चिनिया कम्पनी दायुन अटोले निर्माण गरेको गाडी हो। यसमा ३१.७ किलोवाट आवर (युनिट) क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ। यो ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ३३० किलोमिटरसम्म दुरी पार गर्न सकिने कम्पनीको दाबी छ।

Untitled-1

यसमा ४८ किलोवाट क्षमताको मोटर दिइएको छ। यो  गाडीको लम्बाई ३.६ मिटर, १.६ मिटर चौडाई र १.५ मिटरको उचाई छ। साथै यसको ह्वीलबेस २ हजार ४१० एमएम तथा १५ इन्चको एलोय ह्वील र २०१ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।

यसमा दायुन स्मार्टलिंक एपले कार लक, वीन्डो, एसी जस्ता फिचरहरु कन्ट्रोल गर्न सकिन्छ। यस्तै अगाडि र पछाडि दुवै डिस्क ब्रेक, पावर ब्याट्री प्रोटेक्सन डिजाइन समेत रहेको छ। साथै यसमा ७ इन्चको एलसीडी डिस्प्ले तथा ८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, मल्टि फङ्सन भएको स्टेरिङ ह्वील, ड्राइभ, पार्किङ जस्ता परिवर्तन गर्न इलेक्ट्रिक सिफ्ट नब्स, इलेक्ट्रिक ह्यान्ड ब्रेक पनि गाडीमा रहेको छ।

Untitled-122

यसैगरी क्रुज कन्ट्रोल, सिंगल टच वीन्डो, इलेक्ट्रिक पार्किङ र रियर भ्यु क्यामेरा जस्ता फिचर पनि गाडीमा छ। यसले हालै मात्रै नेपाली बजारमा सार्वजनिक गरिएको वुलिङको बिंगोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। दुवै गाडीको फिचर तथा डाइमेन्सन उस्तै रहेको छ। वुलिङको बिंगो भन्दा युएहु एस१को मूल्य कम रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।