ताजा अपडेट »

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

आइतबार, ३० बैशाख २०८१, ११ : ३९
94 Shares
आइतबार, ३० बैशाख २०८१
94 Shares

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।