ताजा अपडेट »

शंकर घिमीरेको निर्देशनमा “तेल भिषा” बन्दै । सुटिङका लागि अमेरीका पुगे बिपिन कार्की

आइतबार, १६ बैशाख २०८१, ०८ : ००
78 Shares


काठमाडौ । अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्ने चलचित्र ‘तेल भिसा’ को सुटिङका लागि बिपिन अमेरिका पुगेका हुन । शुक्रबार राति निर्देशक घिमिरे तथा चिफ एडी मछिन्द्र योङ्गा  विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिन कार्कीको  यो पहिलो अमेरिका यात्रा हो।  विपिनलाई अमेरिकामा चलचित्रकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरेले स्वागत गरेकी थिइन । ऋचाले यो चलचित्र एउटा महत्वपूर्ण भूमिका समेत निवार्ह गर्दैछिन ।

438834117_1236599647610187_962443641097780921_n

चलचित्रमा नायक विपिन दोहोरो भूमिकामा देखिदैछन उनको अपोजिटमा गौरी मल्ल र वर्षा राउत देखिनेछन । सुटिङका लागि वर्षा राउत केही दिनमा र गौरी मल्ल अर्को हप्ता अमेरिका पुग्दैछन । चलचित्रका छायाँकार सुसन प्रजापति भने केही दिनअघि नै बाल्टिमोर पुगिसकेका छन् । निर्माण पक्षका अनुसार अमेरिकामा बसोबास गरिरहेका विभिन्न देशका अन्य कलाकारहरुको समेत सहभागितामा चलचित्रकोे वैशाख २५ गतेबाट सुटिङ सुरु हुने जानाईएको छ ।

विनोद पौडेल, अदिति खरेल तथा रमेश चौलागाईं निर्मातारहेको यस चलचित्र नेपाल सहित विदेशमा समेत एकसाथ प्रदर्शन हुनेछ । सेभेन सिज इन्टरमेन्ट तथा वेलडन क्रियसनको संयूक्त निर्माणमा बन्ने चलचित्र ‘तेल भिसा’ले नेपाल छाडेर विदेश जाने तथा त्यतैनै स्थापित हुने क्रमको बर्तमान नेपाली समाजको बदलिँदो स्थितिलाई मुख्य कथावस्तु बनाएको छ । 

एक महिनासम्म मेरिल्या राज्यका विभिन्न सहरमा चलचित्रको ७० प्रतिशत छायाङ्कन गरिनेछ भने बाकी ३० प्रतिसत छायाँकन पूर्वी चितवनमा हुनेछ । चलचित्रमा बिपिन संगै गौरीमल्ल, बर्ष राउत, रिचा शर्मा, बुद्धि  तामाङलगाएतका कलाकारहरुको अभिनय रहने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।