ताजा अपडेट »

नेजा स्थापना दिवसको अवसरमा वृक्षरोपण

मंगलबार, ११ बैशाख २०८१, ०८ : ४५
54 Shares

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा टेक्ससको अर्भिङ शहरमा अवस्थित जेफरसन पार्कमा वृक्षरोपण गरिएको छ । सोमबार पृथ्वी दिवसको दिन वृक्षरोपण गरिएको हो ।

लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट-२ एक्स वन, डलास एभरेष्ट लायन्स क्लबसँगको सहकार्यमा टेक्ससको डलास/फोट वर्थ क्षेत्रमा रहेका अन्य नौं वटा क्लबहरुले वृक्षरोपणमा सहकार्य गरेका थिए । लायन्स क्लबका सदस्यहरु र नेजाका सदस्यहरुको वृक्षरोपणमा सहभागिता रहेको थियो । डलास एभरेष्ट लायन्स क्लब नेपालीहरु संलग्न अमेरिकाको पहिलो क्लब समेत हो । यस क्लबले वर्षेनी वृक्षरोपण गर्दै आएको छ ।

नेजाको स्थापना दिवसको अवसरमा नेजासँग सहकार्य गरेर वृक्षरोपण गरिएको क्लबका अध्यक्ष सूर्यनाथ भण्डारीले बताए । सो अवसरमा सहभागि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट टु एक्स वनका इलेक्ट गर्भनर राधाकृष्ण काफ्लेले पत्रकारिता मार्फत समुदायमा योगदान पुर्‍याई रहेका पत्रकारहरुको साझा संस्था नेजासँगको सहकार्यमा लायन्सको सेवाको एउटा क्षेत्र भित्र पर्ने वातावरण र सरसफाई मध्य पृथ्वी दिवसको दिन वृक्षरोपण गर्दा निकैं खुशी लागेको बताए । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले वृक्षरोपण जस्तो रचनात्मक कार्यमा सहकार्य गर्नु र नेजाकै स्थापना दिवसको वृक्षरोप्न पाउनुलाई सकारात्मक रुपमा लिदैं यस कार्यमा सहभागि हुदैं गर्दा पार्कमा हुर्किने वृक्षहरुले भविष्यमा उक्त पार्कमा जाँदा अपनत्वको समेत अनुभूति दिलाउने आशा व्यक्त गरे ।

कार्यक्रममा डलास बुद्व लायन्स, डलास डेन्टन नेपलिज लायन्स, डलास एभरेष्ट लियो क्लब, डलास हेल्थ लायन्स क्लब, डलास लुम्बिनी लायन्स,डलास पोखरा लायन्स, अर्भिङ एभरेष्ट सेन्टिनियल लायन्स, अर्भिङ आइएनडिपि लायन्स क्लब र प्लानो कोलिन्स लायन्स क्लबको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।