ताजा अपडेट »

यस्तो बन्दै छ सिद्धबाबा सुरुङमार्ग (फोटोफिचर)

सोमबार, १० बैशाख २०८१, १३ : २५
354 Shares

बुटवल । 'मृत्यु मार्ग'ले परिचित बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएको थियो। 

FB_IMG_1713770637782

अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको छ। मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४५ मिटर सुरुङ खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम भइरहेको छ। दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ। १५.६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।

FB_IMG_1713770650352

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। 

FB_IMG_1713770637782

सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२.४७ प्रतिशत आर्थिक प्रगति भएको छ। निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ। 

FB_IMG_1713770667072

आयोजना अन्तरगत जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाइने छ। 

 

FB_IMG_1713770669888

FB_IMG_1713770664688FB_IMG_1713770672338

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।