ताजा अपडेट »

राजनीतिमा लागेर के ‘गरिस’ भन्नेहरुका लागि

आइतबार, ०९ बैशाख २०८१, ११ : ००
508 Shares

राजनीतिमा लागेर के नापिस ! भन्ने हरुको जमात देशमा  दिन प्रतिदिन तिब्र  गतिमा  बढदो छ र उनी हरुको दृष्टिकोण  अनुसार  राजनीतिमा  लागे पछि दलको   कुनै माथिल्लो पदमा पुग्नै नसक्ने , जुन दलमा  आबद्धता छ।

त्यो दलको  सिफारिसमा कुनै एउटा पनि राजनीति नियुक्ति  लिन नसक्नु , जीवनमा एक पटक पनि  माननीय र मन्त्री बन्न नसक्नु,  देशको कुनै एउटा सहरमा  एउटा आलिशान घर , गाडी ,  छोराछोरी सके बिदेश नसके देशको कुनै महङ्गो स्कुलमा  पढाउन नसक्नु ,भोग ,बिलाश ऐस र आरामको जीवन  प्राप्त गर्न नसक्नु , देशको दलाल  प्रशासन संङ्ग मिलेर  सर्टकर्ट तरिकाले भए पनि  फास्ट ट्याक बाट  रातारात  प्राकृतिक साधन र श्रोत दोहन गर्न नसक्नु, आफू संङ्गै हिडेका  साथीहरूको  निम्ति  धन दौलतको जोहो गर्न नसक्नु बा आफ्नो परिबार ,आफन्तजन र इष्ट मित्रहरूा निम्ति मालदार स्थान हरुमा  सरुवा ,बढुवा ,नियुक्ति दिलाउन  नसक्ने,  निर्वाचनमा  लाखौंलाख रुपैयाँको खोलो बगाउन नसक्ने, आफ्नो वरिपरि चुल्ठे ,मुद्रे, भुश तिघ्रे ,डन  गुण्डाको बलमा शक्ति बनाइ राख्न नसक्ने , आफ्नो गाउँ र जिल्लामा  बिकाशको योजना ल्याउन  नसक्ने ,  आफू लाई मन नपरेको मानिस माथि शक्तिको  प्रयोग गरेर बदला र प्रतिशोध सांध्न नसक्ने ,समाजमा  आफ्नो बचस्ब र दबदबा बनाउन  नसक्ने ,घर परिबारका सदस्य हरु लाई आजिबन दुख, कष्ट ,अभाव र अपमानको भारी बोकाउने ,  जिन्दगी भर घर परिबारका सदस्य हरु माथि आश्रित हुने  र बोझ बन्ने , झुट बोल्नै नसक्ने , छलछाम , बेइमानी , तिकडम र षड्यन्त्र  गर्नै नकस्ने ,   जिन्दगीभर दल अदलाबदली गर्ने र कुनै एउटा दलमा टिकेर बस्न नसक्ने ,आफ्नो पैत्रिक सम्पत्ति  सिध्याउदै जाने  ऋण काढेर राजनीति गर्ने यस्ता पटमुर्ख ,बौलाह र पागल मानिस हरु पनि कहीँ नेता हुन्छ ? जस्ता अनगिन्ती  सब्दाबलि हरुले संबोधन गर्ने र त्यस प्रकारका मानिस माथि  उपेक्षा भाब  प्रकट गर्ने गरेको पाइन्छ ।

यश प्रकारको समस्या बास्तबमा भन्ने हो भने    देशका  प्रायः सबै जसो स्थानमा  राजनैतिक  र गैरराजनीतिक बृर्त बाट   सुन्न र अनुभुत गर्न सकिन्छ । कुरा यही सिमित छैन,  जीवनको सम्पूर्ण समय , श्रोत र उर्जा देश र जनताको निम्ति –  सबैको स्बभिमान र सबैको समृद्धिको लागि  इमानदारीपूर्वक र निस्बार्थी भाबनाले   आज पनि  मैदानमा  सतिसाल झै  उभिदै आएका राजनैतिक र सामाजिक  अभियान्ता  हरु  माथि उपेक्षा  भाब   प्रकट गर्ने गरिन्छ  बा उपहाशको बिषय बनाइन्छ ।  राजनीतिमा  लागेर के नापिस ! भन्ने मानिस  हरुले  राजनैतिक बा सामाजिक क्षेत्रमा  कृर्याशिल  अभियान्ता हरु माथि  बनाउने गरेका धारणा बा दृष्टिकोण  हरु लाई   उपरी र सतही  प्रकारले नजिकै बाट प्रत्यक्ष बा अप्रत्यक्ष  रुपमा  हेर्ने ,सुन्ने , बुझ्ने  र महशुस  गर्ने  समन्धित घर परिबारका सदस्य हरु ,छिमेकी , साथी भाइ ,इष्ट मित्र, आफन्तजन र समाजका आम  मानिस हरु सहजै यो निष्कर्षमा  पुग्दछन कि कुरा त सोह्रै आना ठिकै  हो ।

 जिन्दगीको  सम्पूर्ण समय ,श्रोत र उर्जा मात्रै होइन आबस्यक परे देश र जनताको  स्बतन्त्रता र अमन चयन का  निम्ति आफ्नो  सर्बस्हरण र बलिदानका का निम्ति तयार  भइ आन्दोलनमा  होमिएका  योद्धा हरु लाई कहिलेकाहीँ  जनताको  स्तर बाट हुने   यस् प्रकारका  सतही र उपरी प्रकारका विश्लेषण र धारणा हरुले खिन्नता पैदा गर्ने  मात्रै काम गर्दैनन् ।   कहिलेकाहीँ  राजनैतिक र सामाजिक  नेतृत्वको  जीवनमा  यस्ता तर्क बा दृष्टिकोण हरुले राजनैतिक नेतृत्वलाई बिचलनका साथै  दुरगामी  नकारात्मक  असर  पैदा गर्दछन । त्यसको नतिजा यो हुन्छ ः राजनीतिमा  योगदान दिन र नयाँ नयाँ काम गर्न  उत्शाहित   नयाँ युबा पुस्ताको जीवनमा समेत नकारात्मक  असर पर्दछ र राजनितिमा आउने सम्भावना कम हुन्छ । प्रस्तुत लेखमा  राजनीतिमा  लागेर के नापिस  ! भन्ने मानिस हरुका धारणा बा दृष्टिकोण  हरु  माथि  हिंसात्मक दृष्टिकोण  नअपनाइकन  त्यस प्रकारका धारणा बा दृष्टिकोण  हरु माथि बैज्ञानिक , बस्तुबादी र ब्याहबारिक ढङ्गले  उत्तर खोज्ने प्रयत्न गरिनेछ ।

राजनीति सेवा हो वा पेशा ?
हामीहरू सर्ब प्रथम स्पष्ट हुनुपर्ने मुख्य कुरा के हो भने राजनीति बास्तबमा  सेबा हो बा पेशा ?  यसको सिधा र स्पष्ट उत्तर हो ः सेवा । राजनीति बास्तबमा  देश र जनताको निम्ति समर्पित भइ पबित्र उदेश्यले गरिने कर्म  हो ।तर ,बिडम्बना ! यश लाई पेशा,ब्यबसाय र ब्यापार बनाइयो ।यत्ति मात्रै होइन यश लाई आय आर्जनको माध्यम बनाइयो । नेपालमा यतिबेला राजनीति लाई सबैभन्दा नाफा मुलक पेसाका रुपमा हेरिने  गरिएको छ । हुनत , राजनीति दुनियाँको सबैभन्दा पुरानो  नाफा मुलक ब्याबसाय हो भन्ने पनि सुनिन्छ ।

ब्यबसाय आयआर्जन संङ्ग जोडिन्छ ।तर ,राजनीति आयआर्जनको उदेश्य नराखी गरिने सेवा नै हो । तर , हामी कहाँ राजनीति लाई पेशा बनाइयो । त्यस कारण राजनीति धेरै बदनाम भयो । राजनैतिक नेतृत्व जनताका सेबक हरु हुन । हामी कहाँ   राणा ,राजा,काङ्गेस ,कम्युनिस्ट  र मधेसबादी र गत निर्वाचनको दौरानमा नो नट अगेन भन्दै  उदय भएका  हरुले पनि आफू लाई ठालु ,मालिक र शासकको रुपमा प्रस्तुत गर्दै  यश अबधिमा अकुत सम्पत्ति  आर्जन गर्दै आएका छन । त्यसको परिणाम यो भएको छ कि हाम्रो परिबार ,छिमेकी ,समाज , आफन्तजन ,इष्ट मित्र ,दाजुभाइ दिदिबहिनी  हरुले समेत राजनीति लाई  सेबाको राजनीतिको स्थानमा नाफाको  राजनीति गर्ने हरु लाई प्रश्रय  दिनुपर्ने  हो कि भन्ने  फोहरी ,सडेगलेको र इतिहासमा धेरै बदनाम भएको भाष्य लाई अगाडि सारेको पाइन्छ ।

तर , साचो कुरा  के हो भने इतिहासमा   देश र जनताको सर्बाेपरी हित लइ ध्यानमा राखेर  निस्बार्थी भाबनाले ओतप्रोत भएरै सबै प्रकारको  दुख ,कष्ट ,त्याग, तपस्या , बलिदान ,जेलनेल ,भुमिगत जीवन र सर्बाेस्बहरण का अलाब हजारौं  हजार प्रहरी दमनको समेत  प्रवाह नगरीकन लडेकै   कारण  मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको र त्यसको कार्यान्वयन समेत भइरहेको  यथार्थ  हाम्रै सामु  ताजा उदाहरण छ । एउटा असल र सफा राजनीति लागि  आबस्यक पर्ने बिचार , त्यस प्रकारको बिचार  लाई लागू गर्न गराउन  सक्ने  नेतृत्व, नेतृत्वको वरिपरि रहेको गढिलो टिम , सेबाको भाबले नै राजनीतिमा   होमिएको कार्यकर्ता हरुको बिशाल फौज , परिवर्तन प्रति फुरुङ्ग भएर  एउटा क्रान्तिकारी उत्शाहका साथ जुलुसमा सहभागी भएका  लाखौं करोडो जनताको  सामुहिक  प्रयास बाट नै साराका सारा देश  लाई पथप्रदशकको सिद्धान्त र दृष्टिकोण  दिएर उज्यालो देखाउनुका साथै  बहुसंख्यक  जनसमुदायको

समर्थन  लाई एउटा भौतिक शक्तिमा  रुपान्तरण गर्दै  देशको राजनीति ,समाज,अर्थतन्त्र र सांस्कृतिक रुपान्तरणमा युगान्तकारी  परिवर्तन  संभब भएको  हो भन्ने  कुरा कसैले पनि बिर्सनु हुदैन ।
इतिहासमा नेपाली जनताले सामन्यतया पाँच हजार बर्ष पुरानो बिशेषत ढाइ सय बर्ष पुरानो एकात्मक केन्द्रिकृर्त शाहबंसिय राजतन्त्रात्मक राज्य शत्ताको अन्त्य र त्यसको स्थानमा  जनताको संघिय लोकतान्त्रिक गणतन्त्र को स्थापनार्थ अत्यन्तै लामो र कडा प्रकारको  संघर्षको प्रक्रिया बाट गुज्रिनु परेको कुरा जगजाहेर छ । त्यसको जबलन्त उदाहरण  हो : २००७ सालको राणा बिरोधि संघर्ष ,२०२८ सालको झापालि शसस्त्र संघर्ष ,२०३६ सालको बहुदलीय बेबस्थाका निम्ति गरिएको  जनमत संग्रहका लागि भएको  संघर्ष ,२०४६ सालमा निरकुंश राजतन्त्रको अन्त्य र बहुदलीय बेबस्थाको स्थापनार्थ गरिएको जनआन्दोलन ,२०५२ साल फाल्गुन १ गते  देखि २०६२/६३ सम्म देशमा भएको जनयुद्ध  र त्यसको जग र आडमा भएको १९ दिने ऐतिहासिक जनक्रान्ति ,मधेस  आन्दोलन ,थरुहट आन्दोलन ,जनजाति आन्दोलन  । माथि उल्लेखित आन्दोलन हरुमा सकृय सहभागी हुने र आफ्नो  प्रार्ण समेत उत्शर्ग गर्ने र अङ्ग भङ्ग हुने हरु नेपाली जनताका  अत्यन्तै सुन्दर , बहादुर , उत्कृष्ट , इमानदार र निस्बार्थी , बैचारिक दृष्टिकोणले स्पष्ट , त्याग ,तपस्या र बलिदानि भाबनाले ओतप्रोत , आफ्नो सापेक्षतामा धेरै दुरदर्शि र भिजनरी ,नैतिकबान , उदेश्य प्रति धेरै स्पष्ट  छोराछोरी हरु नै थिय भन्न बिल्कुलै  हिच्किचाउनु हुदैन ।  

आठ दशक लामो , लोकतान्त्रिक आन्दोलनका  सम्पूर्ण  महान  सहिद ,बेपत्ता  योद्धा हरुले  हामीलाई नयाँ परिस्थितिमा नयाँ ढङ्गले अगाडि बढन  बाट बिचलित होइन बरु सुन्दर  पथ प्रदशन गरिरहेका छन । त्यस ऐतिहासिक क्रान्तिको  दौरानमा बीरगती प्राप्त गर्ने , बेपत्ता पारिएका बा आफु  अङ्ग भङ्ग हुन समेत तयार हुनुको पछाडी ती सबै असल र राम्रा मानिस हरुको सिर्फ : एउटै उदेश्य थियो – नयाँ स्वतन्त्र संसारको निर्माण , त्यो संसारमा – सबैको स्बभिमान , सबैको समृद्धि र सत्यको पथ । परिवर्तनको त्यो समग्र प्रक्रियामा  सकृय सहभागी भइ सहिद हुने ,राज्य द्रारा बेपत्ता पारिएका , घाइते ,अपांग भएका बा क्रान्तिको दौरानमा दुशमन लाई चक्मा दिदै बाँचेका तर अहिलेसम्म कुनै लाभको पदमा पुग्न नसके पनि स्बभिमानी पुर्बक जीवन यापन गरिरहेका  हामी जस्ता मानिस हरु, जतिबेला  राजनीतिमा  लागेका थियो , त्यतिबेला देखि नै कहिल्यै दलको कुनै माथिल्लो पदमा पुग्ने ,दलको सिफारिसमा  राजनैतिक  नियुक्ति  लिने ,माननीय र मन्त्री बन्ने शत्ता र शक्तिको  आडमा राज्य शत्ताको दोहन गर्ने , जायज नजायज काम गरेर अकुत सम्पत्ति  आर्जन गर्ने ,जनताको सेबा गर्न छोडेर जनताको मालिक ,ठालु र शासक बन्ने , जनता र उनी हरुको संन्तानको भबिश्य माथि खेलबाड गरेर उनी हरुको जिन्दगी  लाई धरापमा पार्ने र आफू सुख ,सुबिधा ,भोग ,बिलाश ,ऐस ,आराम र बैभबको जिन्दगानी  बिताउने  उदेश्य  किमार्थ थिएन  र छैन भन्ने कुरा पनि सबैले समयमै  मनन गर्न जरुरी छ ।


इतिहासको यश आठ दशक लामो लोकतान्त्रिक आन्दोलनको दौरानमा राणा बिरोधी आन्दोलनको नेतृत्व  हाम्रो हजुर बुबाको पुस्ताले , तीस बर्षे  निरकुंश  ,फाशिष्ठ तानाशाही पंचायति बेबस्था बिरोधी आन्दोलनको  नेतृत्व  हाम्रो बुबाको पुस्ताले , ढाइ सय बर्ष पुरानो  सामन्ती बेबस्थाको समुल अन्त्य गरेर त्यसको स्थानमा जनताको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको संघर्षमा हाम्रो पुस्ताले  लडेकै कारण  आज पुरै देशले केही हद सम्म  स्बतन्त्रता र अमन चयनको ताजा सास फेर्नुका साथै  संघिय लोकतान्त्रिक गणतन्त्रका  राजनैतिक ,आर्थिक , सामाजिक र सांस्कृतिक उपलब्धि  हरु लाई उपभोग गरिरहेको  कुरा  आजको सत्य होइनर ? यश युगान्तकारी राजनैतिक परिबर्तनका उपलब्धि हरु लाई राजनैतिक रुपले मात्रै संबोधन गरिएको छैन बरु सफ्टबेयरली समेत जनताको अधिकार लाई  शुनिश्चित  गर्न सक्षम मानिस हरु कसरी अयोग्य , असक्षम र असान्दर्भिक  हुन सक्छन् ?

जनताको संबिधान सभा बाट बनेको नयाँ संबिधानले समेत संबोधन गर्न नसकेका  उत्पिडित ,जाति ,क्षेत्र , लिङ्ग ,उपेक्षित  क्षेत्र र सिमानकृर्त जनसमुदायका मुद्दा  हरुको शुनिश्चित्ताका लागि  नयाँ परिस्थितिमा समेत  मनै लडने मानिस हरु कसरी मूर्ख, बौलाहा र पागल  हुन सक्छन्  ?  जनक्रान्तिका राजनैतिक उपलब्धि  हरुको रक्षा गर्दै नयाँ  संबिधानमा रहेका सिमा समस्या तथा कमजोरी हरु सच्याउदै सुशासन र समृद्धिको युगिन कार्यभार  पुरा गर्ने राष्ट्रिय संकल्प र फलामे इरादा सहित आज पनि उत्तिकै सकृयताका साथ दलिय दलदल बाट माथि उठेर आमनागरिक बनेर , नागरिक पहिलो अभियानको नेतृत्वदायी भुमिका खेलिरहेका  मानिस हरु कसरी बेकम्मा हुन सक्छन ?  हो , हाम्रो  भागमा फेरि पनि ,इतिहासले पुनः  दुख,कष्ट  अभाव , अपमान ,उपेक्षा र उपहास परेको हो  भने पनि त्यसैमा गौरब गर्दै त्यस लाई बिना सर्त  शहस्र स्बिकार गर्न मन्जुर तर असत्य  पथमा हिड्ने भन्ने प्रश्नै आउन्न ।

दुनियाँमा जगजाहेर भएकै कुरा हो: देशमा कुनै बेला १०४ बर्षे जहानियाँ राणा शासनको दबदबा थियो । त्यो  बेबस्थाका अगाडि हाम्रो हजुर बुबाको पुस्ताले घुडाँ टेकेर त्यसको जयजयकार गरेको भए २००७ सालको परिवर्तन संभब हुने थियो होलार ?  तीस बर्षे राजाको निरकुंस ,फाशिष्ठ पंचायति बेबस्थाको दबदबा र रजगजका अगाडि हाम्रो बुबाको पुस्ताले राजा र राजाबादी त्बत्त हरुका जुत्तामा गिडगिडाएको भए  के २०४६ सालमा  सिमित प्रकारको भए पनि  बहुदलीय बेबस्था ल्याउन  संभक हुन्थेयौ ? ढाइ सय बर्ष देखि मुलुकमा जरा गाडेर बसेको शाह बंशिय राजतन्त्रका बिरुद्ध  मेरो पुस्ताले बिबेक सम्मत बन्दुक नसमातेर नलडेको भए  !? काङ्गेस – एमाले  हरुले रुन्चे स्बरको आन्दोलनले  राजतन्त्रको स्थानमा  गणतन्त्र ल्याउन  संभब हुने थियो कि ?

अथवा  सत्तरीको दशक यता हामीले बिबेक सम्मत ढङ्गले  देशमा  सुशासन र समृद्धिको युगको नेतृत्व गर्नका लागि  नयाँ परिस्थितिमा नयाँ  प्रगतिशील  , लोकतान्त्रिक अग्रगामी  धार बोकेको बैकल्पिक  राजनैतिक शक्तिको परिकल्पना र घोषणा नगरेको भए  नयाँ नयाँ  राजनैतिक दल हरुको उदय संभब हुने थियो  कि ?  अथवा  , बिगत साढे तीन दशक देखि  आलोपालो शत्तामा बसेर राज्य शत्ताको दोहन गर्दै आएका काङ्गेस कम्युनिस्ट हरुको बिकल्प लागि  जनतामा अग्रिम अपिल नगरेको भए  उनी हरुको भोट सिफ्ट हुने र उनी हरु लाई केही हद सम्म साइजमा ल्याउन संभब हुने थियो कि ?   हो , मलाई यो कुरा भन्न र लेख्न कुनै हिचकिचाहट छैन र त्यो हो ः हामीले ल्याएको गणतन्त्र ,गणतन्त्र जस्तो छैन ।संघियता संघियता जस्तो छैन ।धर्म निरपेक्षता धर्म निरपेक्षता जस्तो छैन । समाबेशी ,समानुपातिक र सहभागिता मुलुक लोकतन्त्र लोकतन्त्र तद अनुरुपको छैन । दल हरु दल जस्ता छैनन । न्यायपालिका  न्यायपालिका जस्तो छैन ।पुलिस पुलिस जस्तो छैन ।कुटनैतिक नियोग हरु कुटनैतिक नियोग जस्ता छैनन । बिश्व बिद्यालय र शैक्षिक क्षेत्र हामीले परिकल्पना गरे जस्तो छैन ।

सुशासनको स्थान कुशासनले लिएको छ । बिकाश बिकाश जस्तो छैन । समग्रमा  राजनीति राजनीति जस्तो नै छैन । नेता नेता जस्ता छैनन ,प्रायः सबै जसो चम्बलका डाकुँ र लुटेरा  जस्तै छन । यो जिन्दगीमा एक पटक पनि  शत्तामा नगएका  हामी हरुको केही दोष हुन्छर ?  कुनै बेला लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी  भुमिका खेलेका  मानिस हरुनै दशकौ देखि  सामन्तवादका बिशेषता ,चरित्र तथा गुर्ण हरु आफैमा सहबरण गर्न अस्बस्थ प्रतिस्पर्धा  गरिरहेका र आफू लाई प्रति क्रान्तिको ओजारमा परिणत गरिसकेका छन । उनी हरुका यिनै जन बिरोधी हर्कत हरु  संङ्ग बाक्क दिक्क भएर  दशकौ पहिले निर्णायक  रुपमा समन्ध बिच्छेद गरेर  नयाँ  परिस्थितिमा नयाँ ढङ्गले  जनताको पक्षमा दृढता पुर्बक आफू लाई उभ्याउदै  सम्झौताहीन संघर्ष गरिरहेका मानिस हरु कसरी  दल बा शत्ताको कुन निर्णायक स्थानमा  नहुदैमा कसरी अज्ञानी हुन सक्छन्  !? त्यसो भए  काङ्गेस कम्युनिस्ट  हरुले बितेको साढे  तीन दशक यता लगातार  आलोपालो शत्तामा रजाइँ गरेर के लछारपाटो लागेको छ र भष्टचार र ब्याक्तिगत समृद्धि  सिबाय ?

२०४६ सालको राजनैतिक  परिवर्तन पछि देशमा पाँच बटा स्थानीय ,दुईवटा संबिधान सभा र पाँच बटा संसदीय र दुईवटा प्रादेशिक निर्वाचन भएको देखिन्छ । यश सम्पूर्ण  अबधिमा माथि पहिला नै भनियो – काङ्गेस र कम्युनिस्ट हरुले देशमा आलोपालो राजपाठ गर्दै आएका छन । यश अबधिमा बनेका माननीय सांसदहरू ,मन्त्री र राज्य मन्त्री हरुको मात्रै नाम लिष्ट हेर्ने हो भने पनि  त्यसको धेरै लामो फेहरिस्त तयार  हुन्छ । ती सबै माननीय र मन्त्री ,राज्य मन्त्री मात्रै होइन  यश अबधिमा बनेका नाम लिन लाएकको कुनै एक थान  प्रधानमन्त्रीको नाम लिनुस भनेर कसैलाई सोध्ने हो भने स्पष्ट उत्तर पाउन कठिन प्रर्दछ । देशको प्रत्येक टोलमा पुग्ने गरि माननीय सांसद र देशको प्रत्येक बडा लाई पुग्ने मन्त्री बन्दा समेत  पुरै देश दुखी छ । स्वयम् शत्ता र प्रतिपक्ष मै रहेका मानिस हरु यश बेबस्था संङ्ग निराश भएर ,बिरक्तियर राजनीति बाटै सन्यास लिने बा बिदेश पलायन  हुने बा सुशाइड नै गर्ने  गरेका  समाचार  दैनिक जसो देशका  बिग मिडिया बाट प्रशारण भइरहेको  हामी सुनिरहेका छैनौ र ?

जहाँ सम्म राजनीतिमा  लागेर अकुत धन दौलत र जायज नजायज काम गरेर भए पनि  सम्पत्ति आर्जन गर्ने कुरा छ , राजनीति भन्दा बाहिर  एउटा अर्को  दुनियाँ छ , जहाँ   खेतीपाती ,पसुपालन , ब्यापार ,ब्याबसाय , उद्योग धन्दा कलकारखाना बा जागिरका अलावा अरु पनि कैयौं  हजारौं काम गरेर  मानिस हरु  मानशिक शान्ति  र  सापेक्षित आत्मिक  खुसी सहितको  जीवन  निर्बाह गरिरहेको   देख्न सकिन्छ । त्यसका  लागि  कुनै  राजनैतिक  दलमा नै जोडिनु प्रर्दैन । माथि पहिला नै भनियो – राजनीति  निस्बार्थी भाबनाले गरिने कर्म हो  र हुनु प्रर्दछ । देशका राजनैतिक दल हरुले   राजनीति  लाई पेशा बनाएकोले देशको राजनीतिमा  बिकृर्ति र बिसंङ्गतिले मौलाउने मौका पाएको हो ।यसले  जनतामा राजनीति र राजनैतिक नेतृत्व  प्रति नै घृणा भाब पैदा भएको  हो । राजनीतिमा  लागेर यश अबधिमा बारम्बार शत्तामा पुगेका नेता र शत्तामा रहदा राज्य शत्ताको दोहन गरेर प्राप्त गरेको अतिरिक्त  आम्दानी कै कारण स्वयम् त्यस प्रकारका नेता ,माननीय , मन्त्री र  तिनका श्रीमती र  संन्तान हरु कैयौं जेलका चिसाछिंडीमा जाकिएको र कैयौं  कुलतमा फसेर मासिदै सकिदै गएको पनि हाम्रा  अगाडि छर्लङ्ग छैनर ? के हामी पनि उनी हरु जस्तै  नभएकोले  बा हुन नसकेको बा  बिबेक सम्मत त्यस्तो अनैतिक काम गर्न अस्बिकार गरेकोे  कारणले  राजनीति नेतृत्व मान्न बा स्बिकार गर्न  अफ्ट्यारो  भएको  हो ? यदी कुरा यही हो भने त्यो कुरा म पुरै अस्बिकार मात्रै  होइन खारेज  गर्दछु ।

राजनीतिले देशको सार्बभौमसत्ता ,भोगौलिक अखण्डता को रक्षा गर्न सक्नु प्रर्दछ ।लोकतन्त्रको माध्यमबाट सार्बभौमसत्ताको अभ्यास  गर्नु प्रर्दछ । देश लाई बिकशित र समृद्ध बनाउन  अल्पकालीन ,मध्यकालीन र दिर्घकालिन रणनीति बनाउनु प्रर्दछ ।समाजमा रहेका सबै प्रकारका सामाजिक विभेद र बर्गिय विभेद हरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणको  निम्ति दत्तचित्त पार्नु प्रर्दछ । पुरै राज्यको मेशिनरी लाई जनकल्याणको काममा समर्पित गर्नु प्रर्दछ ।राजनैतिक दलहरू भनेका सिर्फ ः साधन हुन आफैमा साध्य होइनन र हुन सक्दैनन । जनता लाई सुरक्षा , शान्ति , सुख ,खुसी , बिकाश ,समृद्धि  दिन नसक्ने दल हरु लाई जनता जिन्दगी भरी मान्न बाध्य हुदैनन ।त्यस्ता दल हरुलाइ जनताले कालान्तरमा मा छोडदै नयाँ दल  रोज्न पाउनु हाम्रो संबिधान भित्र कै कुरा हो भन्ने कुरा पनि समयमै सबैले मनन गर्नु प्रर्दछ । बिश्ब र स्वयम् हाम्रो  देशको  सन्धर्बमा लोकतान्त्रिक राज्यमा सबैभन्दा माथि  नागरिक हुन्छन र हुनुपर्छ भन्ने कुरामा कसैको दुई मत नहोला तर ब्याहबारमा राज्य शत्तामा पुगेका  मानिस हरुले सबैभन्दा पहिला आफू लाई आफै माथि राख्दछन र नागरिक लाई रैती ,प्रजा ,मतदातामा संकुचित गरेर आफु लाई सेबक होइन ,शासक ,ठालु र मालिकमा रुपान्तरण गर्दै आएका छन ।

यश प्रकारको परिपाटी लाई सबैभन्दा पहिला सदाको निम्ति हल गर्नु परेको छ । राज्यको काम सिर्फ यत्ति हो कि ः प्रकृति र मानव बीचमा  सात्क्षात्कार गराउने हो र हुनुपर्छ  । राज्यले  जनताको  सुरक्षा ,शान्ति ,सुख, खुसी , बिकाश र समृद्धिमा सहजीकरणको भुमिका  खेल्नुपर्छ  । लोकतन्त्रमा  राजनितीले शक्ति ,  पद र रुपैयाँको  आडमा  समाजमा  अनावश्यक  डर ,त्रास ,भय र आंतक श्रृर्जना गर्ने काम    यदी कसैले गर्छ भने मष्तिष्कमा सेतो पदार्थ भएको नागरिकले कदापि स्बिकार गर्ने छैन र उसले त्यसका बिरुद्ध  बिद्रोह गर्ने छ भन्ने कुरा  राणा ,पंचे ,राजाको   नाश भएका घटना  हरु सबैको  मानश पटलमा  ताजै  हुनु प्रर्दछ ।

निष्कर्ष:  मेरो यश सम्पूर्ण  लेखको निचोड के कुरामा रहेको छ भने राजनीतिमा  लागेर के नापिस !  भन्ने मित्रहरू  संङ्ग सेयर  गर्नैपर्ने  मुख्य कुरा के  हो भने  राजनीति नै  ज्ञानको  त्यो मुख्य शत्ता हो ।  आइडियाको मुख्य  शत्ता हो । तपाई हामी संङ्ग ज्ञान र आइडियाको शत्ता छैन भने  प्राबिधिक दृष्टिकोणले  राजनीतिमा  माननीय ,मन्त्री ,  मुख्य मन्त्री प्रधानमन्त्री बा राजकिय क्षेत्रका उच्च ओहोदामा पुगे पनि  तपाईं हामी केही पनि गर्न सक्दैनौं । राजनीतिमा सफल हुन मात्रै  होइन , एउटा परिबारको सार्थक जीवन  यापन देखि लिएर  हामीले गर्ने कुनै पनि पेशा ,ब्याबसाय , उद्योग ,धन्दा ,कलकारखाना , पसुपालन र खेतीपाती  का सबै  प्रकारका कामका निम्ति पनि  हामी  लाई सर्ब प्रथम ज्ञानको  शत्ताको आबस्यकता प्रर्दछ । त्यस्तो  ज्ञानको शत्ता बा आइडियाको शत्ता मुख्य र प्रमुख  कुरा हो ।त्यो कुरा  हामीले  दुनियाँको सबैभन्दा महङ्गो  युनिभर्सिटी र बिश्व बिद्यालयमा बा संसारको सबैभन्दा  ठुलो लाइब्रेरीमा रहेका सबै पुस्तक हरु अध्यन गरेरपनि  प्राप्त गर्न चाहेर पनि सक्दैनौं   ।  किनकि ज्ञान र आइडियाको  शत्तामा पुग्ने चारवटा  श्रोत हरु हुन ।

पहिलो  उत्पादनका  निम्ति संघर्षमा  भाग लिएर । दोश्रो , बर्ग संघर्षमा भाग लिएर । तेस्रो , पेचिलो आत्म संघर्षको भट्टि बाट गुज्रिएर । चौथो , राजनीतिमा  स्बार्थ र मैत्रीपूर्ण अन्तरसंघर्षमा भाग लिएर मात्रै  सही विश्व दृष्टिकोणको बिकाश हुन सक्दछ । यही बिश्व  दृष्टिकोणका आधारमा  ज्ञान र कर्मको दर्शनको सरोकार बिचार हरु लाई भौतिक शक्तिमा रुपान्तरण गर्ने र  समाजमा रहेका सबै  प्रकारका  सामाजिक  विभेद , बर्गिय विभेद , अन्ध बिश्बासको नाश  हरुको गर्न र बिज्ञानमा बिद्धत्ता प्राप्त गर्ने कुरामा सामर्थ्य  हाशिल गरिएको छ ।मानिस हरुले  जब प्रत्येक काम किताबी ज्ञान र रुपैयाँको बलमा गर्न थाल्दछन तब तब  मानिस हरुका सोचाइ हरु ज्यादै कठोर हुन्छन् र समाजमा  अन्ध बिश्बास फैसन बन्न पुग्छ  भन्ने कुरा  लाई राम्रोसँग बुझिएको छ । सार्थक जीवन यापन गरिएकै छ ।यश भन्दा बढी  अरु केही चाहिन्छ र एक बारको जुनिमा !? (खनाल नागरिक पहिलो अभियान नेपालको केन्द्रीय कार्यदलका सदस्य हुन् ।)

नारायण खनाल
लेखकको बारेमा
नारायण खनाल
स्तम्भकार