ताजा अपडेट »

गुल्मीमा भिषण आगलागी: करोडौंको क्षति

शनिबार, ०८ बैशाख २०८१, १४ : ४३
1.35K Shares

बुटवल । गुल्मीमा शुक्रबार दिउँसो देखि जिल्लाका बिभिन्न बन जंगलमा आगलागी हुँदा करोडौंको क्षति भएको  छ । 

 गुल्मीदरबार गाउँपालिका  ३  र ४ को बिचमा पर्ने बनमा आगलागी हुँदा  बिद्युत प्राधिकरणको बिरबास सव स्टेशनको  स्टोरको सामग्री जलेर दुई करोड भन्दा बढिको क्षति भएको बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए । 

त्यस्तै शनिवार दिउँसो जिल्लाभर हावाहुरी  संगै विभिन्न स्थानमा आगोलागी भएर गाउँवासी त्रसित बनेका छन । धुर्कोट गाउँपालिका ६ को धुरको बनमा आगोलागि हुँदा कैयौं घर गोठहरु उच्च जोखिममा रहेको स्थानिय वासी तथा पत्रकार भरत पाण्डेले जानकारी दिए । 

त्यस्तै इस्मा गाउँपालिका ४ को  पंंग्रेनी जंंगलमा लागेको हागो  हुला गाउँमा फैलिएर तिन वटा गोठ जलेर नष्ट भएको , एउटा लैनो  भैसी , एउटा गाई  र  १०   वटा  बाख्रा मरेको जानकारी दिदै त्यस वडाका वडाध्यक्ष मानबहादुर बस्नेतले  भने इस्मा प्रहरी  गाउँबासीहरु घरहरु जल्नबाट जोगाउन लागेको बताए।

 त्यस्तै इस्मा गाउँपालिका २ को रानी बनमा लागेको आगो  सिधुङखा गाउँमा फैलिदा  १५ देखि १६ वटा घर जलेको अनुमान  गर्न सकिने तर  धुँवाले केहि देख्न नसकिने स्थानीय राजन कुँवले जानकारी दिए ।  पशु चौपायहरु धेरै मरेको तर मानविय क्षति नभएको भन्दै कुँवरले भने स्थानीयवासी पानी पिउन नपाएर कराई रहेको छन  ।  

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तीन  वटै सुरक्षा निकाय परिचालन गरिएको तर पर्याप्त नहुने  भएकोले आम नागरिक जुट्न अपिल गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।