ताजा अपडेट »

नवलपरासीमा १० घर जलेर नष्ट

शनिबार, ०८ बैशाख २०८१, ०६ : ४७
364 Shares

बुटवल । पश्चिमनवलपरासीको पाल्हीनन्दनमा शुक्रबार साँझ आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा भएको आगलागी ८ वटा बाख्रा पनि मरेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।