ताजा अपडेट »

यूएईमा बाढीमा परी एक नेपाली श्रमिकको ज्यान गयो

विहीबार, ०६ बैशाख २०८१, १८ : ०३
620 Shares

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार चितवन भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखि परेको वर्षाका कारण बाढी आईरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दुतावासले उल्लेख गरेको छ । पुन भिजिट भिसामा यूएई पुगेको दुतावासले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।