ताजा अपडेट »

उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

बुधबार, २८ चैत्र २०८०, ११ : ५८
46 Shares

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवलले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् । यस मामिलामा तत्कालिन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।